February 23, 2025, 3:14 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

आत्मघाती गोलका कारण इन्टर मिलान बिजयी

माघ २९, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौं,  । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा फियोरेन्टिनाविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

सान सिएरोमा घरेलु टोली इन्टरलाई जित दिलाउन मार्को अर्नाउटोभिकदे गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । फियोरेन्टिनाका लागि रोलान्डो मन्ड्रागोराले गोल फर्काएका हुन् ।

खेलको २८औं मिनेटमा मारिन पोन्ग्रासिकबाट आत्मघाती गोल हुन पुग्दा इन्टरले अग्रता लिएको थियो । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा मान्ड्रागोराले पेनाल्टीमार्फत गोल गर्दै फियोरेन्टिनालाई बराबरीमा ल्याएका थिए ।

अर्नाउटोभिकले ५२औं मिनेटमा गोल गर्दै इन्टरलाई २-१ ले अगाडि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टरले स्पष्ट तीन अंक जोड्यो ।

जितसँगै दोस्रो स्थानको इन्टरले २४ खेलमा ५४ अंक जोडेको छ । यो लिग लिडर नापोलीको भन्दामात्र एक अंक कम हो । पराजित फियोरेन्टिना समान खेलबाट ४२ अंकका साथ छैटौं स्थानमा छ ।

प्रतिक्रिया