February 23, 2025, 2:33 am
» आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors

केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित

माघ २४, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

म्याग्दी– रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान चिन्तित भएका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगङ्गाा र मङ्गला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो ।

पसाउने बेलाको हजारी केराका बोट नै सुक्न थालेको मङ्गला गाउँपालिका– ३ का किसान टेकबहादुर खड्काले बताए । उनले भने, ‘के भएर यस्तो भएको हो पत्ता लाउनै सकिएको छैन, खडेरीले खाएको जस्तो बोट सुकेका छन्, गुबो झरेको छ, कोसा पसाएको छैन ।’ उनले चार रोपनीमा केराखेती गरेका छन् ।

त्यसैगरी, विगत पाँच वर्षदेखि केराखेती गर्दै आएका बेनी नगरपालिका– २ बगरफाँटका खिमबहादुर कार्कीले पनि केरामा नयाँ किसिमको रोग देखिएको बताए । ‘छ वर्षदेखि केराखेती गरिरहेको छु, अहिलेको जस्तो बोट नै सुकेको मैले देखेको थिइन’, उनले भने । कृषि प्राविधिकहरूले पनि रोग पहिचान गर्न नसकेको उनको भनाइ छ ।

जिल्लाका खबरा, बगरफाँट, राखु, अर्मन, पीपलबोट लगायतका ठाउँका कृषकले केरा खेतीबाट राम्रो आम्दानी गर्दै आएकोमा अहिले केराको बोटै सुक्ने रोग देखिएपछि आम्दानी घट्ने भएको छ ।विगत १४ वर्षदेखि केराखेती गर्दै आएका बेनी नगरपालिका– २ खबराका चन्द्रबहादुर कार्कीले केराखेतीमा उत्पन्न समस्याले यो वर्ष आफ्नो घरव्यवहार चलाउन अति कठिन हुने दुखेसो गरे ।

प्रतिक्रिया