February 25, 2025, 4:41 am
» भारतमा तीन किशोरीमाथि १८ नाबालिगद्दारा सामुहिक बलात्कार » अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो » ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन » खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल » माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

नाइजेरियामा आगलागी हुँदा १७ जनाको मृत्यु

माघ २३, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

अबुजा – नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा भएको आगलागीमा परी कम्तीमा १७ जना विद्यालयका बालबालिकाको मृत्यु भएको छ ।

कौरा–नमोदा स्थानीय सरकार क्षेत्रका अध्यक्ष मन्नीर मुआजु हैदराले राज्यको कौरा–नमोदा क्षेत्रमा रहेको सिकाइ केन्द्र मकरन्त मल्लम घलीमा विद्यार्थी सुतिरहेका बेला आगलागी हुँदा कम्तीमा १६ जना घाइते भएको सञ्चारमाध्यमलाई जानकारी दिए ।

प्रत्यक्षदर्शीहरूले आगो तीन घण्टा भन्दा बढी समयसम्म चलेको र स्थानीय विद्यालयका अधिकारीहरूले सुरुमा उनीहरूले घटनाको समयमा करिब १०० विद्यार्थीलाई बाहिर निकालेको विश्वास गरे । तर, आगो निभिएपछि सबै विद्यार्थीलाई बाहिर निकाल्न नसकेको थाहा भयो ।

त्यहाँका बासिन्दा अब्दुलरासाक बेलो कौराले आफूलाई भित्र कोही बाँकी नरहेको भन्ने लागेको बताए। मङ्गलबार राति भएको आगलागी विद्यालय परिसरमा राखिएको लट्ठीको थुप्रोबाट अज्ञात व्यक्तिले आगो लगाएर आगलागी भएको बताइएको छ । छानबिन भइरहेको छ ।

प्रतिक्रिया