February 25, 2025, 7:04 am
» राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बजारबाट तान्दै » माओवादीको अभियान छाढेर हिँडे नारायणकाजी, बोल्न नदिएको गुनासो » माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ » काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटनाग्रस्त » एमसीसी कम्प्याक्ट सधैंको लागि खारेज गर : महासचिव विप्लव

भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली नागरिक पक्राउ

माघ २२, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

धनगढी । कैलालीको धनगढीबाट दुई थान भरुवा बन्दुकसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१८ एफ गाउँबाट २ थान भरुवा बन्दुक र चाकुसहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीले मंगलबार धनगढी उपमहानगरपालिका-१८ एफगाउँ आर्यघाटबाट भारतको लखिमपुर गुलरियाका ३२ वर्षीय रियासत अली, सोही ठाउँको ४० वर्षीय देशराज राना र धनगढी-१९ को ३९ वर्षीय गुरुप्रसाद चौधरी दुई थान भरुवा बन्दुक र चाकुसहित पक्राउ परेका बताएको छ।
उनीहरूलाई भारतबाट नेपाल आउदै गर्दा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर र जिल्ला प्रहरी, कैलालीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
उनीहरूको विषयमा थप अनुसन्धान जारी रहेको कैलाली प्रहरीले जनाएको छ।

प्रतिक्रिया