February 23, 2025, 3:12 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

नेपालको लगातार चौथौं हार

माघ २२, २०८१ मा प्रकाशित | ६६०दर्शक तीव्रखबर

काठमाडौं, । महिला त्रिकोणात्मक अन्तार्राष्ट्रिय ट्वान्टी–२० शृंखलामा घरेलु टोली नेपालले लगातार चौथो हार बेहोरेको छ ।

हारसँगै शीर्ष स्थानमा रहँदै शृंखलाको उपाधि जित्ने नेपालको झिनो सम्भावना समाप्त भएको छ ।

मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले थाइल्यान्डविरुद्ध पाँच रनको हार बेहोरेको हो । थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा आठ विकेट गुमाउँदै मात्र १०१ रन मात्र बनाउन सक्यो ।

लगातार चौथो जितसँगै थाइल्यान्ड उपाधिको नजिक पुगेको छ । त्रिपल राउण्ड रोविन पद्धत्तिमा भइरहेको शृंखलामा थाइल्यान्डले अब नेपाल र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । चार खेलमा दुई जितसहित ६ अंक जोडेको नेदरल्यान्ड्सको शीर्ष स्थानमा रहेर उपाधि जित्ने सम्भावना अझै बाँकी छ ।

प्रतिक्रिया