February 25, 2025, 8:03 am
» पूर्वबाट रातो सूर्य उदाउँदैछ- प्रचण्ड » ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग » आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित » शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि आवेदन दिनेको कमी, प्रधानमन्त्री ओलीको छिटो आवेदन दिन आह्वान » भाषाविद् चूडामणि गौतमको निधन

सीआईबीको फेक इमेल बनाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ

माघ २२, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं,  ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को फेक इमेल बनाएर ठगीमा संलग्न दुई जना पक्राउ परेका छन् ।

प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगोसमेत दुरुपयोग गरेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका–७ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय मनिष कुमार मेहता रसोही गाउँपालिका वडा नम्बर १ का अन्दाजी २१ वर्षीय ईन्द्रजित यादव रहेका छन् ।

सीआईबी प्रवक्तासमेत रहेका उपरीक्षक दीपक राज अवस्थीका अनुसार सुनसरी प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया