February 25, 2025, 8:37 am
» नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ » पूर्वबाट रातो सूर्य उदाउँदैछ- प्रचण्ड » ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग » आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित » शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि आवेदन दिनेको कमी, प्रधानमन्त्री ओलीको छिटो आवेदन दिन आह्वान

तस्करीको आशंकामा बाराबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

माघ २२, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौं – तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
सोमबार राति साढे ११ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-७ बाट लु१ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रकमा बिल बिजक भन्दा बढीको सामान देखिएपछि नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।
करिब २९ लाख ४८ हजार ९५३ रुपैयाँ बराबरको सामानको स्रोत खुलाउन नसकेपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको सापकोटाले बताए।
ट्रकमा हार्डवेयर, आल्मुनियम सिट, इलेक्ट्रो पेन्टिङ वेयर, कटप मेसिन, सब बिलेट, बालनट इन्सेललगायत सामान थिए।
सामान र ट्रक मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।

प्रतिक्रिया