February 23, 2025, 3:13 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

अंग्रेजी वर्षको पहिलो महिनामा झण्डै ८० हजार पर्यटक नेपाल भित्रिए

माघ २१, २०८१ मा प्रकाशित | ७८०दर्शक तीव्रखबर

काठमाडौं– अंग्रेजी वर्षको पहिलो महिनामा झण्डै ८० हजार पर्यटक नेपाल घुम्न आएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीमा ७९ हजार ९९१ जना पर्यटक नेपाल घुम्न आएका हुन् ।

तथ्यांकअनुसार जनवरी महिनामा सार्क मुलुकबाट २९ हजार ४८७, अन्य एशियाली मुलुकबाट २० हजार ३९१, युरोपियन मुलुकबाट १० हजार ३६७ र अमेरिकन मुलुकबाट ९ हजार ६३७ जना पर्यटक नेपाल घुम्न आएका छन् ।

त्यस्तै, सो अवधिमा मध्यपूर्वबाट ६८५, अफ्रिकाबाट २९२ र अष्ट्रेलिया र न्यूजिल्यान्डबाट ४ हजार ५८१ जना पर्यटक नेपाल घुम्न आएका छन् ।

अघिल्लो वर्षको जनवरीमा ७९ हजार १ सय जना पर्यटक नेपाल घुम्न आएका थिए भने कोरोना महामारीको पूर्व सन् २०१९ को जनवरीमा ८१ हजार २७३ जना पर्यटक नेपाल घुम्न आएका थिए ।

प्रतिक्रिया