February 2, 2025, 4:09 pm
» राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर » कुटपिट हुँदा हत्या भएको आरोपमा एक जना पक्राउ » नेपाललाई नेदरल्याण्ड्सले दियो १४१ रनको चुनौती » जसपा नेपालको कार्यकारिणी समितिको बैठक दोस्रो दिन पनि जारी » राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माघ २०, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं,  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीविरुद्धको मुद्दा दर्ता भएर बयान पनि सुरु भएको विशेष अदालतका प्रवक्ता गेहेन्द्रराज रेग्मीले जानकारी दिए ।

अख्तियारले उनीमाथि ३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको हो ।

मुद्दाको साथमा अदालतमा पेस भएका उनीविरुद्धको बयान सुरु भइसकेको छ

।उनलाई अख्तियारले १४ पुस, २०८१ मा तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया