February 2, 2025, 2:57 pm
» राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर » कुटपिट हुँदा हत्या भएको आरोपमा एक जना पक्राउ » नेपाललाई नेदरल्याण्ड्सले दियो १४१ रनको चुनौती » जसपा नेपालको कार्यकारिणी समितिको बैठक दोस्रो दिन पनि जारी » राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

नेपाललाई नेदरल्याण्ड्सले दियो १४१ रनको चुनौती

माघ २०, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

काठमाडौं- त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–ट्वेन्टी शृङ्खलाअन्तर्गत आइतबार भइरहेको खेलमा नेपाललाई नेदरल्याण्ड्सले १४१ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा गएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४० रन बनाएको हो।

नेदरल्याण्ड्सका लागि बबितेडी लिडाले सर्वाधिक ४१ रन बनाइन् । उता हेटर साइग्रेसले २६ रन बनाइन् । फोबे मोल्कन्बरले र रोविना रिजर्कले समान २१ रन बनाए ।

बलिङमा नेपालकी सीता राना मगर एक्लैले ५ विकेट झारिन् । ३ ओभर बलिङ गरेकी सीताले १२ रन दिएर ५ विकेट झारेकी हुन् । मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले समान १/१ विकेट लिए ।

तेस्रो खेल खेलिरहेको नेपाल पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स दोस्रो जित निकाल्ने दाउमा छ ।

नेपाल श्रृङ्खलाको पहिलो खेलमा नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो । नेदरल्याण्ड्स भने आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

जारी श्रृङ्खलामा थाइल्याण्ड चार अंकसहित शीर्ष स्थानमा छ । नेदरल्याण्ड दुई अंकसहित दोस्रो स्थानमा छ । नेपाल अहिलेसम्म अंकविहीन छ ।

आईसीसी वरीयतामा थाइल्याण्ड १३औँ, नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा रहेका टोली हुन्।

प्रतिक्रिया