February 2, 2025, 1:58 pm
» राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर » कुटपिट हुँदा हत्या भएको आरोपमा एक जना पक्राउ » नेपाललाई नेदरल्याण्ड्सले दियो १४१ रनको चुनौती » जसपा नेपालको कार्यकारिणी समितिको बैठक दोस्रो दिन पनि जारी » राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो

माघ २०, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

चितवन– चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट ल्याइएका गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको छ ।

शनिबार आन्तरिक स्थानान्तरणका क्रममा डार्ट (औषधियुक्त सुई प्रयोग) गरी ल्याइएको १५ वर्षको पोथी गैँडालाई आज बिहान खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरका अनुसार शनिबार निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट एउटा पोथी गैँडा नियन्त्रणमा लिइएको थियो ।

कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा वयस्क पोथी गैँडालाई डार्ट गरेर नियन्त्रणमा लिइएको थियो ।

मगरले निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएकाले त्यहाँका चार वटा गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न थालिएको जानकारी दिए । निकुञ्जले गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरेको थियो ।

निकुञ्जसम्बन्धी अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएपछि सोही आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको सूचना अधिकारी मगरले बताए ।

उनका अनुसार निकुञ्जको प्राविधिक टोलीले नवलपुरमा पर्ने पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो ।

प्रतिक्रिया