February 2, 2025, 12:50 pm
» राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर » कुटपिट हुँदा हत्या भएको आरोपमा एक जना पक्राउ » नेपाललाई नेदरल्याण्ड्सले दियो १४१ रनको चुनौती » जसपा नेपालको कार्यकारिणी समितिको बैठक दोस्रो दिन पनि जारी » राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

नक्कली नोट सहित एक जना पक्राउ

माघ २०, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

सर्लाही,   : ईश्वरपुर नगरपालिका-१५ सुकनाहा बजारबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोट सहित भारत सीतामढी पुरान्दा राजवाडा-९ बस्ने २७ वर्षीय मुकेश कुमार सोनीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित किराना पसलमा मुकेश कुमारले सामान किने पश्चात नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।

साथै प्रहरीले उनले प्रयोग गरेको बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया