January 30, 2025, 11:41 pm
» तेह्र वर्षपछि पलायो पानी » बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान » शिक्षामन्त्रीको वाचा र शिक्षक आन्दोलन घोषणा एकैदिन » टिकटक भिडियोलाई लिएर बुबाले गरे अमेरिकी छोरीको हत्या » विमान र हेलिकोप्टर दुर्घटना : कोही पनि नबाँचेको अधिकारीहरुको भनाइ

रौतहटमा नेपाली सेना द्वारा ७०० बिपन्नलाई कम्बल वितरण

माघ १७, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

रौतहट । पछिल्लो दुईसाता देखी हुसुलागेर चलेको सितलहर संगै मधेश प्रदेशमा बढेको चिसो बाट गरिब तथा बिपन्न परिवार लाई जोगाउन नेपाली सेनाको पहलमा न्यानो कम्बल वितरण सुरु गरेको छ।

रौतहट पुरेनवा गौर स्थित बिरदल गणका नेपाली सेनाको पहलमा यहाँको बिभिन्न पालिकामा पनी अती बिपन्न गरीब परिवार लाई चिसो बाट जोगाउन न्यानो कम्बल वितरण सुरु गरिएको हो।
जिल्लाको उत्तरी भेग गुजरा नगरपालिका २ स्थित बुधबार एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि मेयर सन्तलाल चौधरी र नेपाल सेना बिरदल गणका प्रमुख कर्णेल किशोर कुमार अधिकारी द्वारा ५० जना बिपन्न लाई कम्बल वितरण गरिएको वडा अध्यक्ष अशोक कुमार चौधरीले बताएका छन्।

त्यस अघि नेपाली सेनाका कर्णेल अधिकारी र सम्बन्धित पालिका प्रमुखको समन्वयमा चन्द्रपुर ,गढीमाई, गुजारा, गौर, गरुडा लगायत स्थानमा कम्बल वितरण गरिएको जनाएको छ।

यस पटक अत्यधिक चिसो बढेपछि मधेश प्रदेश स्थित गृह सूचना तथा सञ्चार मन्त्रालय बाट गरिब बिपन्न लाई न्यानो कम्बल वितरण गर्ने योजना अन्तर्गत रौतहटको लागी नेपाली सेनाको पृतना मार्फत ७०० थान उपलब्ध भएको बिरदल गण पुरेनवा गौरले जनाएको छ। कर्णेल अधिकारीको पहलमा रौतहट स्थित कैयौं रचनात्मक कामहरु हुँदै आएको छ

प्रतिक्रिया