January 30, 2025, 5:23 pm
» तेह्र वर्षपछि पलायो पानी » बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान » शिक्षामन्त्रीको वाचा र शिक्षक आन्दोलन घोषणा एकैदिन » टिकटक भिडियोलाई लिएर बुबाले गरे अमेरिकी छोरीको हत्या » विमान र हेलिकोप्टर दुर्घटना : कोही पनि नबाँचेको अधिकारीहरुको भनाइ

रुखबाट खसेकी महिलाको निधन

माघ १५, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

धनगढी । कैलालीमा रुखबाट खसेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका-१ की ५७ वर्षीया जोगादेवी साउदको मृत्यु भएको हो। सोमवार बेलुका घर नजिकैको मोहन्याल सामुदायिक वनमा घाँस काट्न गएकी उनी रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन्।
सुखडमा सामान्य उपचारपछि निसर्ग अस्पताल धनगढी ल्याइएकी उनको हिजो राति नै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

प्रतिक्रिया