काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् ।
कास्की जिल्ला अदालतले रविलाई ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
तत्कालै बैंक ग्यारेन्टीमार्फत धरौटी तिरेर थुनामुक्त भएका रवि धरौटी रकम उच्च भएको र आफूलाई साधारण तारेखमा नै छोड्नुपर्ने माग सहित उच्च अदालत पुगेका हुन् । उनी हिजो राति नै रुपन्देहीबाट पोखरा गएका थिए ।
रविसँग काठमाडौं जिल्ला अदालतले ६० लाख रूपैयाँ र रूपन्देही जिल्ला अदालतले पनि १ करोड रूपैयाँ धरौटी मागेका छन् । पोखरापछि अन्य २ अदालतको आदेशविरुद्ध पनि रवि सम्बन्धित उच्च अदालत जाने बताइएको छ ।
प्रतिक्रिया