January 29, 2025, 6:00 am
» लामो किसिङ सिन भएपछि सेन्सर सेन्सर बोर्डको कैची, देवा को घटयाे रन टाइम » अमेरिका पठाइदिने भन्दै एक करोड ठग्ने कञ्चनपुरका कार्की पक्राउ » सेयर बजार बन्द, अब सेयर बजार आइतबार मात्र खुल्ने » डिपसिकका संस्थापक लियांग, जसले एकै झटकामा अमेरिका हल्लाए » हमासले बन्दी बनाएका ८ जनाको मृत्युः इजरायल

आजको मौसमः तराईका धेरै स्थानमा हुस्सु र कुहिरो कायमै रहने

माघ १४, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं,  । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो  लागेको छ।

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राती भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसका साथै तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया