February 24, 2025, 6:25 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

अबको लडाइँमा खुकुरी होइन ड्रोन उडाउनुपर्छ : सञ्चारमन्त्री

माघ १३, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुराना ऐन तथा नीति–नियमलाई समयानुकूल संशोधन गर्नुपर्ने बताउनुभएको छ । आज आयोजित ‘एक स्थानीय तह, एक हुलाक’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सूचना र प्रविधिअनुसार विकासका आधारहरु पनि ‘अपडेट’ गर्दै जानुपर्ने धारणा राख्नुभएको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले ‘ड्रोनको लडाइँ सुरु भइसक्यो, पुरानो खुकुरीले लडाइँ लड्न सकिन्छ ?’ भनेर प्रश्नसमेत गर्नुभयो । ‘सूचना र प्रविधिमा संसार कहाँ पुगिसक्यो, हामी चाहिँ पुरानै खुकुरीले लडाइँ जित्न सक्छौं भनेर बसेका छौं’, उहाँले भन्नुभयो, ‘पहिलेको बहादुरी सम्झेर अब विकास हुन्न ।’
नीतिगत रुपमै उल्टो काम गर्ने प्रवृत्तिले जनतामा नैराश्यता बढेको मन्त्री गुरुङको अनुभव छ । ‘पहिले नीति बनाएर संरचना तयार पार्नुपर्नेमा पहिले संरचना बनाएर पछि नीति बनाइएको’ उहाँको भनाई छ ।  ‘हामीले नीति र ऐन नबनाउने तर आफू अनुकूल नियमावली बनाउँदै आएकोले विभिन्न दुर्घटनाहरू भइरहेका हुन्छन् । अनि जनताले प्रश्न उठाइरहेका हुन्छन्, सुशासन कहाँ छ ? भ्रष्टाचार बढेको बढ्यै छ । काम गर्ने क्षमता नबढ्नुको कारण त्यही हो’, उहाँले थप्नुभयो ।

मन्त्री गुरुङले मुलुकका सबै स्थानीय तहमा हुलाक सेवा पुगेकोमा खुशी पनि व्यक्त गर्नुभयो । पाँच वर्षभित्र सबै हुलाक कार्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालयले काम गर्ने उहाँको प्रतिबद्धता छ ।

प्रतिक्रिया