February 26, 2025, 3:51 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

रबि लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउने सक्ने

माघ १३, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

रुपन्देही- सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा छुनछेक बहस सकिएको छ ।

बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको मुद्दामा सुरू भएको थुनछेक बहस आइतबार दिउँसो सकिएको हो । यस मुद्दामा अब केही बेरमा आदेश आउन सक्ने सम्भावना छ।

लामिछानेको तर्फबाट केही वकिलको बहस बाँकी रहँदा आइतबार पनि उनलाई अदालतमा उपस्थित गराएर बहस सुरू गरिएको थियो ।

लामिछानेको तर्फवाट वरिष्ठ अधिबक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, सुशील पन्त र नारायण कँडेललेलगायतले बहस गरेका छन । सरकारी वकिलले जवाफी बहस गरेपछि आदेश आउने सम्भावना छ ।

लामिछाने बुधवार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए । त्यस दिनपछि लामिछाने हाजिरी जमानीमा रिहा भइरहेका छन् ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाड्दै आएको छ ।

सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना भएको छ । यस प्रकरणमा २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेविरुद्ध पुरक उजुरी परेको हो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेट्वर्क प्रालिमा गएको निष्कर्ष निकालेको छ । उक्त सहकारीबाट २ करोड रुपैयाँ रविको नाममा ऋण गएको भेटिएपछि उनी अनुसन्धानमा तानिएका हुन् ।

प्रतिक्रिया