February 26, 2025, 6:55 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

रास्वपाको सचिवालय बैठक सोमबार बस्ने

माघ १३, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सोमबार बस्दैँछ ।

बैठक सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थली, काठमाडौँमा बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।

बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरु प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१ मा छलफल हुने कार्यसूची रहेको रावलले जानकारी दिएकी हुन् ।

उनका अनुसार बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता विषयमा, संसद अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने एजेण्डा रहेको जनाइएको छ ।

प्रतिक्रिया