February 26, 2025, 7:34 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

राप्रपा केन्द्रिय समिति बैठक लम्बियो, आज पनि जारी रहने

माघ १३, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।

शुक्रबार देखी धुम्बाराहीस्थित एसआर बैंन्क्वैटमा सुरू भएको बैठक एक दिन लम्बिएर आजसम्म जारी रहने भएको हो ।

जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र सांगठानिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित सांगठानिक अवस्था र जिल्ला अधिवेसनहरूका बारेमा छलफल जारी रहने भएको छ ।

धारणा राख्ने क्रम नसकिएकाले आजजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने प्रचारबिभाग प्रमुख मोहन श्रेष्ठले जनाए।

प्रतिक्रिया