January 30, 2025, 5:27 pm
» तेह्र वर्षपछि पलायो पानी » बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान » शिक्षामन्त्रीको वाचा र शिक्षक आन्दोलन घोषणा एकैदिन » टिकटक भिडियोलाई लिएर बुबाले गरे अमेरिकी छोरीको हत्या » विमान र हेलिकोप्टर दुर्घटना : कोही पनि नबाँचेको अधिकारीहरुको भनाइ

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ६८ जनाको मृत्यु

माघ १२, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

खार्तुम – पश्चिमी सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको गोलाबारीमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् ।

“उत्तरी डार्फरको अल फाशरमा रहेको साउदी अस्पतालमा मिसाइल आक्रमणमा ६८ जना बिरामी मारिए र अन्य १९ जना घाइते भए,” सुडानी डाक्टर नेटवर्कले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसैबीच, स्थानीय गैर-सरकारी समूहले साउदी अस्पतालमा आरएसएफको आक्रमणमा ६८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पुष्टि गरेको छ । आक्रमणको परिणामस्वरूप अस्पतालको आपतकालीन विभाग पूर्ण रूपमा ध्वस्त भएको छ ।

डार्फर क्षेत्रका गभर्नर मिन्नी अर्को मिन्नावीले आरएसएफ आक्रमणको निन्दा गरे । “लक्षित विभाग एल फाशरका बासिन्दाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने एक मात्र विभाग थियो,” मिनावीले शनिबार सोशल मिडिया प्लेटफर्म एक्समा उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय सङ्गठनहरूका अनुसार, सुडान अप्रिल सन् २०२३ को मध्यदेखि सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वको चपेटामा छ, जसका कारण १५ लाख भन्दा बढी मानिस विस्थापित भएको छ ।

प्रतिक्रिया