January 30, 2025, 5:39 pm
» तेह्र वर्षपछि पलायो पानी » बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान » शिक्षामन्त्रीको वाचा र शिक्षक आन्दोलन घोषणा एकैदिन » टिकटक भिडियोलाई लिएर बुबाले गरे अमेरिकी छोरीको हत्या » विमान र हेलिकोप्टर दुर्घटना : कोही पनि नबाँचेको अधिकारीहरुको भनाइ

तालिवान २ नेतृत्वबिरूद्द अन्तराष्ट्रिय फौजदारी अदालतले काटयो पक्राउ पुर्जी

माघ ११, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काबुल, । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले तालिवानका शिर्ष नेताबिरूद्द पक्राउ पुर्जी जारी गरेको छ ।

अफगानिस्तानमा महिला अधिकार हनन गरेको तथा तालिवानले निरन्तर रूपमा लिङ्गमा आधारित अपराध गरेको भन्दै उनीहरूलाइ पक्राउ पुर्जी जारी गरिएको हो ।

आईसीसीका प्रमुख अभियोजकका अनुसार तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा र इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका मुख्य न्यायाधीश अब्दुल हकिम हक्कानीबिरूद्द यो पक्राउ पुर्जी जारी भएको हो ।

दुई शीर्ष तालिबान अधिकारीहरू विरुद्ध आईसीसीले कारबाही गरेको खबर पछि अफगान महिला र मानव अधिकार अभियानकर्ताहरूले तुरुन्तै स्वागत गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन ।

‘यस पक्राउ पुर्जी पछि हामीलाई आशा जागेको छ कि हाम्रो आवाज दबिएको छैन र विश्वले अझै पनि समानता र न्यायको लागि हाम्रो आह्वान सुन्छ भन्ने देखिएको छ,’ एक अफगान कार्यकर्ता जो ग्रामीण अफगानिस्तानका किशोरी लागि घर घरमा आधारभूत साक्षरता कक्षाहरू प्रदान गर्दछ, उनले सिएनएनसँग भनेका छन । तर, प्रतिशोधको डरले आफ्नो नाम लुकाउन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया