January 15, 2025, 6:43 am
» सरकारले स्वेच्छाचारी रवैया देखाएको विपक्षी दलहरुको निष्कर्ष » एक सय ११ किलोग्राम गाँजासहित एक जना पक्राउ » Chandragiri municipality operates multi-technical school » यस्तो छ तरकारी र फलफूलको आजको मूल्य » बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

ओलीप्रति नेपालको कटाक्ष : मुलुक चलाउने जिम्मेवारीमा कम्युनिष्ट हुँदा पनि जनता सन्तुष्ट छैनन्

माघ १, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारको कामबाट जनता सन्तुष्ट नरहेको बताएका छन् ।

मंगलबार पिस्कर स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक चलाउने जिम्मेवारीमा कम्युनिष्ट भनिएको पार्टीका मान्छे हुँदा पनि जनता सन्तुष्ट नभएको बताएका हुन् ।

उनले कम्युनिष्टको नाममा गैरकम्युनिष्टको जस्तै काम भइरहेको पनि बताएका छन् ।

‘कम्युनिष्ट पार्टी भनिएका मान्छेहरु छन्, मुलुक चलाउने जिम्मेवारी भएका’, उनले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षित गर्दै भने, ‘तर, जनता सन्तुष्ट हुन सकिरहेका छैनन् । कम्युनिष्ट भएर मात्रै पनि पुग्दोरहेनछ ।’

नेता नेपालले कम्युनिष्टको नाममा राजनीति गर्नेहरूले कम्युनिष्टको मर्यादा राख्नुपर्ने, त्याग, तपस्या र बलिदानी कायम गर्न सक्नुपर्ने पनि जिकिर गरेका छन् ।

तत्कालीन पञ्चायती शासकविरुद्ध आन्दोलित एमालेले आफ्नो संघर्षको कार्यक्रमम सिन्धुपाल्चोकको पिस्करकेन्द्रित गरेको थियो ।

२०४० साल माघ १ गते प्रहरीले गरेको दमनका क्रममा वीरबहादुर थामी र इले थामीको पिस्करमा हत्या भएको थियो। त्यही दिनको सम्झनामा पिस्कर स्मृति दिवस हरेक वर्ष मनाउने गरिएको छ।

प्रतिक्रिया