February 25, 2025, 9:04 am
» प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त » नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ » पूर्वबाट रातो सूर्य उदाउँदैछ- प्रचण्ड » ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग » आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित

पहिलो दल बने गिरिबन्धु, वाइडबडी सबैको फाइल खोल्छौँ : प्रचण्ड

पुस १३, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

कञ्चनपुर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो दल बनाइए माओवादीले भ्रष्टाचारका सबै फाइल खोल्ने बताएका छन् । कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी तथा पार्टी एकता समायोजनसभालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो दल बनाउन जनतालाई अपिल गरेका हुन् ।

उनले माओवादी पहिलो पार्टी बने गिरिबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडीमा भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने बताए ।

‘माओवादी एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुनेछ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । भ्रष्टाचारीलाई यसै छोडिने छैन,’ उनले भने, ‘गिरिबन्दु, यति ओन्नीमा, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन ।’

उनले माओवादी बलियो भएको दिन देशमा सुशासनको युग सुरु हुनेसमेत जिकिर गरे ।

प्रतिक्रिया