February 24, 2025, 9:48 am
» यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात

पुस १३, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

सिमकोट, 

हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।

शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताउनुभयो । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।

यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ । शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ । हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।

प्रतिक्रिया