February 24, 2025, 9:04 am
» युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी » सालकको खपेटा सहित चार जना पक्राउ » नाजिर र वर्षा पति-पत्नीको भूमिकामा रहेको फिल्म‘कल्ली’ को छायांकन सुरु

विनोद चौधरीका म्यानेजर डेढ करोड ठगीमा

पुस १२, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौँ । नबिल बैंकको जनकपुरस्थित भानु चोक शाखाका तत्कालीन शाखा प्रमुखलाई ठगी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । म्यानेजर किशोर साहमाथि एक करोड ६० लाख रुपैयाँ ठगीको आरोप छ ।

उनकै शाखाका एक जना ग्राहकको खाताबाट फर्जी चेकमा रकम झिकेवापत साह पक्राउ परेका हुन् । गोलबजार नगरपालिका ४ को सीता फुड एण्ड बेभरेजकी सञ्चालिका सोमिन्द्राकुमारी साहले आफ्नो खाताबाट उक्त रकम झिकेको जाहेरी दिएकी थिइन् ।

सोमिन्द्राकुमारीले २०७८ सालमा उक्त बैंकबाट ऋण लिएको एक करोड ६० लाख रुपैयाँ खाताबाट झिक्नुआगावै म्यानेजर साहले विभिन्न व्यक्तिको नाममा फर्जी चेकमार्फत् झिकेको बुझिएको छ । यसअघि उनी नेपाल बंगलादेश बैंक र नबिल बैंक मर्ज भएपछि केही समय मिर्चैयास्थित नबिल बैंकमा म्यानेजर थिए ।

बैंकका अधिकारीहरुले उनले केही समय पहिले राजीनामा दिएको बताएका छन् । तर अवकाशको अन्तिम हरहिसाब नभइसकेकाले घटनाबाट नबिललाई आक्षेप नलागोस् भन्ने उद्देश्य राखिएको स्वतः बुझिन्छ ।

नबिल बैंकमा सर्वाधिक लगानीकर्तामध्येका एक जना काँग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी हुन् । उनले नबिललाई चौधरी ग्रुपकै एउटा कम्पनी ठान्ने गरेका छन् । सञ्चालक समितिमा जेठो छोरा निर्वाण सदस्य छन् भने उनका विश्वासपात्र उपेन्द्र पौडेललाई अध्यक्ष बनाइएको छ । पछिल्लो समय गभर्नर बनाउने भन्दै उम्मेदवारको रुपमा अघि सारिएका ज्ञानेन्द्र ढुंगाना सिईओ छन् भने आफू अनुकूलका बंगलादेशी र भारतीयलाई सञ्चालक राखिएको छ ।

प्रतिक्रिया