February 24, 2025, 6:15 am
» भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा

मलेसियामा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु, ३३ घाइते

पुस ९, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

क्वालालम्पुर, ।सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवा नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा २७ यात्रु बोकेको एउटा टुर बस, एउटा ट्रेलर र टोयोटा बीच भएको थियो ।

स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा तीन पुरुष, तीन महिला र एक बालिका रहेका छन् ।

दुर्घटनाका कारण राजमार्गको दुबै दिशामा १० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया