February 26, 2025, 6:47 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

एमाले-माओवादी दोहोरी, माओवादी फाल्ने कि एमाले ढाल्ने ?

मंसिर ४, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं,  । प्रधानमन्त्रीले चाइना ‘चाइना कार्ड’ खेल्न खोजेको, अपरिपक्व कदम भनेर आरोप लगाएको अन्तर्वार्ता प्रचण्डले भारतको द हिन्दुमा दिएपछि बिबाद बढेको छ ।

एमालेले गैह्रजिम्मेवार र आधारहीन अभिव्यक्ति फिर्ता गर्न र माफी माग्न आग्रह गरेर वक्तव्य निकालेको छ । प्रचण्ड र माओवादीले जवाफ दिएको छैन ।

एमालेले भनेको छ–प्रचण्डको अभिव्यक्तिले नेपालको भारत र चीनसँग रहँदै आएको सन्तुलित सम्बन्धलाई अवमूल्यन गरेको छ ।

ती देशहरूसँग रहँदै आएको पारस्परिक सम्बन्धलाई खतरामा पार्ने सम्भाबना छ ।

परराष्ट्र नीति राजनीतिक विवादको विषय नभएको भन्दै एमालेले प्रचण्डको अभिव्यक्ति नेपालको अन्तर्राष्ट्रिय छविमै हानी पुर्याउने खालको छ । यो बिबादको अन्त्य हुने छाँट देखिदैन ।

माओवादी फाल्ने कि एमाले ढाल्ने ?
माओवादी राष्ट्रिय राजनीतिमा ‘बाईबाई’ भइसक्यो भन्छ सत्तारूढ एमाले ।

अब यो सरकार ढल्छ, अबको सत्ताको नेतृत्व माओवादीले गर्छ भन्छन् माओवादी अध्यक्ष प्रचण्ड ।

एमालेका नेता पार्वत गुरूङले त अन्तर्वार्ताबाटै माओवादी केन्द्रसँग कुनै राजनीतिक संस्कार नभएकाले आगामी स्थानीय तहको निर्वाचनमा जनताले हराई दिने दाबी समेत गरेका छन् ।

नतिजा चुनावले देखाउला । राजनीतिक स्थायित्व र विकासका लागि काँग्रेससँग सत्ता सहकार्य गरेको र संविधान संशोधन गरिने एमालेले बताएको खबर गोरखा एक्सप्रेसमा छ ।

प्रचण्डले जनतालाई आह्वान गरेका छन्, कार्यकर्तालाई चुनावका लागि जोस्याएका छन्– मैले ३२ को सङ्ख्यालाई जादुको सङ्ख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरूले उद्वेलित र तरङ्गित भए होलान्’ ।

अहिले पनि हाम्रो सङ्ख्या फेरि पनि म्याजिक नै छ । त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खि राखेको सरकार हो ।

यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यस कारण चिन्तित हुने कुरा छैन ।’

 

प्रतिक्रिया