प्रोफेसनल रेफ्री बनिन् क्लाडिया

- November 10, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी । इटालियन मोडल क्लाडिया रोमानीले मोडलिङ छोडेर नयाँ करियरतर्फ कदम बढाएकी छिन् । उनले फुटबलको प्रोफेसनल रेफ्रीको परीक्षा पास गरिसकिन्, अब उनी सोही पेसा अंगाल्ने बताइएको छ ।
३२ वर्षीया यी सुन्दरीले मञ्चमा क्याटवाक गर्न छोडेर अब सिट्टी बजाउँदै मैदानमा जवानी पोख्नेछिन् । क्लाडिया इटालीको चर्चित फुटबल लिग ‘सिरी ए’ तथा ‘बी’का खेलहरु सञ्चालन गर्न सक्षम रहेको बताइएको छ । यस खुसीमा उनले भनिन्, ‘मैदानमा दौडिँदै खेलाडी र खेल नियन्त्रित गर्नु मेरा लागि रोमाञ्चक क्षण हुनेछ ।
आजसम्म कुनै पनि महिला रेफ्रीले ‘सिरी ए’ का खेलहरु सञ्चालन नगरेकाले त्यो सौभाग्य सम्भवतः मैले नै पहिलो पटक पाउने छु । तर स्मरणीय कुरा यो छ कि, सर्वियाकी टिभी स्टार कट्रीनालाई उनको सुन्दरताकै कारण मौदान प्रवेश गर्न रोक लगाइएको थियो । क्याडियाले भने यो चुनौती कसरी पार गर्लिन्, त्यो भने हेर्न बाँकी नै छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!