काठमाडौं कुलेखानी सुरुङमार्गमा क्यानेडियन टोलीको लगानीबारे प्रधानमन्त्रीलाई जानकारी

- August 29, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल भ्रमणमा रहेको क्यानाडेली लगानी कर्ताहरुको टोलीले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्गमा लगानी गर्न लागेको जनाकारी गराएका छन् । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको आमन्त्रणमा नेपाल भ्रमणमा आएको टोलीले पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधी, राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडालाई समेत भेटेर नेपालमा लगानी गर्न आफूहरु तयार रहेको जनाएका छन् ।
प्रधानमन्त्री कोइरालाले नेपालमा अहिले लगानीयोग्य वातावरण तयार भइसकेको जानकारी दिँदै विदेशी लागानीलाई स्वागत गर्न सरकार तयार रहेको टोलीलाई आश्वासन दिए । विदेशी लगानीकर्तालाई पनि नेपाली लगानीकर्ता सरह सेवा सुविधाहरु दिएर आकषिर्त गर्ने सरकारले लक्ष्य रहेको समेत उनले बताए । प्रधानमन्त्रीले हौसला प्रधान गर्दै निर्धक्क भएर लागनी गर्न निजी क्षेत्रलाई आग्रह गरेका थिए । कम्पनीका अध्यक्ष कुशकुमार जोशीले सुरुङ्गमार्ग निर्माणमा क्यानेडियन टोलीले लगानी सम्झौता गरिसेकेकोले निजी क्षेत्रको पहलमा पनि ठुला परियोजना निर्माण हुन सक्छन भन्ने उदाहरणका रुपमा यो सुरुङमार्ग रहेको प्रधानमन्त्रीलाई बताए । क्यानेडियन टोलीका सदस्य साम भौजीले मन्त्रीसँगको भेटमा आर्थिक लगानी मात्र नभई उक्त सम्झौताले प्रविधी समेत हस्तारण गरिने जानकारी गराएका थिए । नेपाल जस्तो सुन्दर देशमा लगानीको अवसर प्राप्त हुनुले आफुहरु अति नै खुशी भएको उनीहरुको भनाई थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!