पुनः मतदान हुँदैन, मतगणना सुरु गर महासचिव पोखरेल

- May 30, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चितवन। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने बताउनुभएको छ ।सो वडामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन गरिएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले मतगणना सुरु नभई पुनः मतदान भएमा गलत नजिर बस्ने भन्दैै मतगणना सुरु गर्नुपर्ने बताउनुभएको हो ।सो विषयमा निर्वाचन आयोगले विवेकशील निर्णय गर्ने विश्वास व्यक्त गर्दै पोखरेलले निर्वाचन प्रक्रियामा असर नपर्ने गरी मतगणना गर्नुपर्ने बताउनुभयो । उहाँले मतपत्र च्यात्नेलाई कानुनी प्रक्रियामा ल्याउँदै मतगणना सुरु गर्नुपर्नेमा जोड दिनुभयोे । यहाँ भएको घटना निन्दनीय रहेको बताउँदै उहाँले यस्ता घटनामा संलग्न हुने, निर्देशन दिने सबैलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो । रास


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!