शिखरको क्रेजी सेल मेला भृकुटीमण्डपमा सुरु

- May 29, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । शिखर सुजले जेठ १४ गतेदेखि क्रेजी सेल मेला राजधानीको भृकुटीमण्डपमा शुरु गरेको छ । सो मेलालाई उद्योगमन्त्री  नविन्द्रराज जोशीले औचारीक रुपमा सुरु गरेका छन् ।  शिखर सुज इण्डस्टीजका प्रवन्ध निर्देशक रामकुष्ण प्रसाइले शिखर सुजको पहिलो एकल प्रदर्शनी सफल हुने विश्वास रहको दावी गरेका छन् ।

नेपाली बजारमा विदेशी जुत्ताको प्रतिस्थापन गर्न नसके पनि नेपाली जुत्ता उद्योग त्यसतर्फ अग्रसर रहेको  तर सरकारले त्यस तर्फ ध्यान नदिएकोमा उनले आपत्ति जनाएका छन् । मन्त्रि  जोशीले  सरकारले  निजि स्तरको  कलकारखाना उद्योगहरुसंग सहकार्य गर्दै अगाडि बड्न इच्छुक रहेको र दोहोरो कर प्रणाली लाइ कसरी ब्यवस्थित गर्न सकिन्छ भनी छलफल चलिरहेको  बताए । यो मेलामा १५  देखि ८५ प्रतिशतसम्म छुट प्रदान गरिएको छ ।  मेलामा रु १०० देखि माथीका जुत्ता चप्पल बिक्री गरिएको छ । यो योजना शिखर सुजका आधिकारीक सोरुमहरुमा समेत लागु हुनेछ । मेलामा विशेष गरि गर्मियामका लागी उपयुक्त हुने जुत्ता तथा चप्पल पाइने छन् ।

मेलामा सबै उमेर समुहका महिला तथा पुरुषलाई उपयुक्त हुने जुत्ता तथा चप्पल उपलब्ध छ ।  यो मेला स्टक रहुन्जेलसम्म सञ्चालन हुनेछ । मेलामा नयाँ डिजाईनका जुत्ता तथा चप्पल समेत बिक्री गरिनेछ । आम उपभोक्तालाई सर्वसुलभ मुल्यमा गुणस्तरीय उत्पादन सहज ढङ्गले खरिद गर्ने अवसर मिलोस् भन्ने उद्धेश्यका साथ मेला आयोजना गरिएको प्रबन्ध निर्देशक प्रसाईले बताए । मेलामा पार्टी सुज, स्पोर्टस सुज, स्कुल सुज, क्याजुयल सुज, चप्पल लगायतका सबै उत्पादनका भेराईटी पाईने छ । यो मेला  शिखर सुजको एक्स्क्लुसीभ  रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!