तिलगंगामा दुई सय मै आँखाको लेन्स उपलव्ध हुने

- May 12, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । उद्योग मन्त्रालयले नेपाल आँखा कार्यक्रम अन्तरगत तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानले उत्पादन गर्दै आएको आँखाको लेन्स उत्पादन उद्योगलाई प्रवद्र्धन गर्न सधाउने उदेश्यले सम्झौता भएको छ । सहमति अनुसार उद्योग मन्त्रालयले नेपाल आँखा कार्यक्रमले संचालन गर्ने मोतिविन्दु रोगको शल्यकृया गरी प्रत्यारोपण गरिने कृतिम लेन्सको उत्पादन गर्ने तथा सोका लागि आवश्यक सहायक सामाग्रि तथा कच्चा पदार्थ समेतको उत्पादन गर्ने, उद्योग स्थापनाका निमित्त सहजिकरण र समन्वय गर्ने गरि सो सम्झौता भएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताएका छन्  ।
उद्योगबाट उत्पादित लेन्सको अन्तराष्ट्रिय प्रवद्र्धनका निमित्त आर्थिक कूटनितिका माधयमबाट आवश्यक सहकार्य गर्ने, उद्योग मन्त्रालयले लेन्स उद्योग स्थापनामा रहेको प्रकृयागत समस्यालाई प्रचलित कानुनको दायरामा रही समाधान गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने पनि सम्झौता पत्रमा रहेको छ ।
लेन्स उद्योगलाई राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकाता प्राप्त उद्योगको रुपमा स्थापित गर्न मन्त्रालयको तर्फबाट आवश्यक सहजिकरण गर्ने, उद्योगको लागि उत्पादन वृद्धि प्रवद्र्धन तया संरक्षण गर्न आवश्यक भौतिक, आर्थिक तथा नीतिगत सहयोगको लागि आवश्यक पहल गर्ने, उद्योग मन्त्रालयले लेन्स उद्योगको क्षमता सिवस्ताको लागि आवश्यक भौतिक, आर्थिक र प्रर्वाधार विकासका लागि आवश्यकता अनुसार सहजिकरण गर्ने, नेपाल भित्रने कम गुणस्तरका सस्ता लेन्सहरुको आयातलाई रोक्न उद्योग मन्त्रालयले आवश्यक पहल गर्ने पनि रहेको छ  । त्यसैगरी,  लेन्स उद्योगको लागि आवश्यक कच्चा पदार्थ तथा मेशिनरी आयातमा उद्योग मन्त्रालयले सहजिकरणको भूमिका निर्वाह गर्ने,
सहमति अनुसार नेपाल आँखा कार्यक्रमले नेपालको प्रचलित कानुन बमोजिम मुनाफा वितरण नगर्ने उद्धेश्य राखि अविलम्व लेन्स उद्योग स्थापना गर्ने, हाल नेपाल आँखा कार्यक्रम अन्तरगत संचालनमा रहेको उद्योग मातहत रहेका सम्पुर्ण  मेहिनरी औजार प्रविधि सम्पत्ति तथा दायित्व र कर्मचारीलाई नयाँ स्थापित हुने उद्योगको मातहतमा ल्याउन समेत सम्झौता पत्रमा रहेको छ । लेन्स उद्योगले उद्योग क्षेत्रमा सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरी स्थानिय जनताको हित प्रवद्र्धनमा काम गर्ने, गुणस्तरिय लेन्सको उत्पादन गरी नेपालमा विक्री वितरण गर्नुका साथै आयात प्रतिस्थापन गर्ने गरी सहमति भएको छ ।
नेपाल आँखा कार्यक्रम अन्तरगत हाल तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानले ४९ लाख लेन्स उत्पादन गरी बिक्री वितरण गरेको छ । सो लेन्स नेपालीलाई २ सय रुपैयाँमा उपलब्ध गराउने समेत जनाईएको छ ।
तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानबाट उत्पादित लेन्स विभिन्न १७ मूलुकमा निर्यात भै ५० भन्दा बढि मुलुकमा वितरण भएकोले यसले राष्ट्रको प्रतिष्ठा बढ्को साथै वैदेशिक मुद्रा आर्जनमा समेत सघाउ पुग्न गएको उद्योगमन्त्री जोशीले बताए ।
तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानबाट हाल संचालित उद्योगको बार्षिक लेन्स उत्पादन क्षमता ५ लाख रहेको तर राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बार्षिक १५ लाख लेन्स विक्री वितरण गर्न सकिने सम्भाव्यतालाई मध्यनजर गर्दै उद्योगको क्षमता विस्तारमा उद्योग मन्त्रालयले सघाउने निर्णय गरेको मन्त्री जोशीले त्यस अवसरमा बताए । सो अवसरमा नेपाल आँखा कार्यक्रमका कार्यकारी निर्देशक डा. सन्दुक रुईतले अन्तराष्ट्रिय बजारमा नेपाली लेन्सले गुणस्तरिय उत्पादनका रुपमा ख्याति कमाईसकेकाले उद्योग मन्त्रालयको सहयोगमा विस्तार हुने उद्योगबाट बढि भन्दा बढि मात्रामा लेन्स उत्पादन गरी विश्व बजारमा बेच्न सके यसले मुलुकको बढ्दो व्यापार घाटालाई कम गर्न समेत सघाउ पुग्न जाने बताए ।
सो सम्वन्धि सहमति पत्रमा उद्योग मन्त्रालयका तर्पmबाट उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले र नेपाल आँखा कार्यक्रमका तर्पmबाट कार्यक्रमका कायकारी निर्देशक डा. सन्दुक रुईतले हस्ताक्षर गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!