उमेद्वारको हर्कत : भोटको लागि रातारात बाटो पिच

- May 7, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कामपा वडा नं. २२ का उमेद्वारले रातारात बाटो पिच गराएर स्थानीय जनता रिझाउँदै भोट माग्ने गतिलो प्रयास गरेको फेला परेको छ ।

कामपा वडा नं. २२ को सुन्धाराबाट आरबी कम्लेक्स हुँदै चिंकमुगलसम्म जाने बाटो रातारात एक उमेद्वारले पिच गराएको स्थानीयबासीहरु बताउँछन् । एमालेका तर्फबाट वडा अध्यक्षको उमेद्वार बनेका चिनिकाजी महर्जनको संलग्नतामा उक्त पिच गरिएको स्थानीयबासीहरुले जनाएका छन् ।

रणमुक्तेश्वरमा अनियमितता, तीन करोड झ्वाम
उपत्यकाको मुटु एवं व्यवसायीक दृष्टिकोणले ठूलै चलाएमान भएको न्यूरोडको पाकोमा रहेको रणमुक्तेश्वर मन्दीर संरक्षणको नाममा स्थापना भएको एक संस्थाले व्यापक अनियमितता गरेको समाचार तीव्रखबरलाई प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार कामपा वडा नं। २२ न्यूरोडको पाकोमा रहेको रणमुक्तेश्वर मन्दिरको जीर्ण उद्धार गर्ने भन्दै स्थानीय केही व्यक्तिले अवैध रुपमा २०६५ सालमा स्थापना गरेको रणमुक्तेश्वर मन्दिर जीर्ण उद्धार समिति नामक संस्थाले सो मितिदेखि अहिलेसम्म पनि उक्त मन्दिरको नाममा अवैध रकम उठाउँदै मनखुसी रुपमा खर्च गर्दै आएको फेला परेको हो । यसअघि राजेन्द्रमान श्रेष्ठ अध्यक्ष रहेर होस् वा पछिल्लो समय विन्देश्वर श्रेष्ठ अध्यक्ष भन्दै होस्, सो संस्थाले अवैध अशुली गर्दै मनखुसी खर्च गर्न तल्लिन रहेको बताइएको छ ।

गुठी संस्थानको नाममा रहेको सो मन्दिर वरिपरी विभिन्न व्यवसायीक कवलहरु रहेका छन् । उक्त कवलहरुबाट मासिक रुपमा मोटो रकम भाडा अशुल्दै ठगी गर्ने सवालमा स्थानीय केही व्यक्तिहरु सक्रिय रहँदै आएको आरोप कवल भाडावालहरुको छ । संस्थाले मासिक तीन लाख रुपैयाँ अवैध रुपमा संकलन गर्दे मन्दिरको जीर्ण उद्धार नगरेर अनियमित रुपले ठगी गर्दे आएको सोही मन्दीरको पसल कवलमा व्यापार गर्ने एक व्यवसायीले नाम सार्वजनिक नगर्ने शर्तमा तीव्रखबरलाई बताएका छन् ।

कही कतै दर्ता समेत नभई अवैध रुपमा स्थापना भएको सो संस्थाले मनखुसी रुपमा मन्दिर संरक्षण भन्दै भाडा अशुल्न नहुने तर्क स्थानीयहरुको छ । स्थानीयहरुले सो पसल कवलबाट उठ्ने गरेको रकम कहा कती खर्च भएको छ भन्दै खोजी गर्दा संस्थाले देखाउन नसकेको स्थानीयबासीहरुले बताए ।

न्यूरोडको पुखुःध्या मार्गमा रहेको रणमुक्तेश्वर मन्दिर परिषरमा रहेका दर्जनौं पसल कवलबाट मासिक रुपमा लाखौं रकम भाडा भन्दै अशुली गरेपछि चिनीकाजी महर्जन, राजेन्द्रमान श्रेष्ठ र सुरेश खड्गीलगायत अवैध रुपमा गठन गरिएको रणमुक्तेश्वर जीर्ण उद्धार समितिका सम्पूर्ण पदाधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको अख्तियार स्रोतले तीव्रखबरलाई बताएका छन् ।

उक्त मन्दिरको संरक्षण गर्ने भन्दै सो पसल कवलबाट मासिक रुपमा भाडा अशुली गरेको ७ वर्ष वितिसकेको छ, भने साथै सो गिरोहले न्यूरोडका आशपासका व्यवसायी एवं व्यापारीहरुबाट समेत अशुलेको रकम चार करोडको हाराहारीमा रहेको बताइएको छ । अवैध रुपमा गठन गरिएको सो संस्थाको अहिलेसम्म कुनै पनि वाणिज्य बैंकमा खाता नरहेको चिनीकाजी स्वयमले बताएका छन् । उनी भन्छन् संस्थाको अधिकारिक्ता नभएकोले बैंकमा खाता खोल्न नमिलेपछि शंकटा बहुउद्देश्यीय सहकारी संस्थामा खाता खोलेको र बाँकी रकम त्यहि रहेको जनाए ।

रणमुक्तेश्वरमा सो समूहले अवैध रुपमा उठाएको कालोधनको बाँकी रकम अहिले शंकटा सहकारीमा संचालन गरेको अवैध खातामा रहेको पाइएको छ । सो सहकारीले संस्थाको आधिकारीक्ता बेगर कसरी सो खाता संचादनको स्वीकृत दियो यसलाई पनि अर्थपूर्ण रुपमा अख्तियारले हेर्ने भएको छ ।

सो गिरोहले रणमुक्तेश्वर मन्दिर परिषरका पसल कवलहरुबाट मात्र होइन्, सो क्षेत्रमा रहेको अन्य जग्गाहरुसमेत हड्पेर अवैध रुपमा भाडा अशुली गरेको बताइन्छ ।

भुगोलपार्कको खोई हिसाव रु छानविन कहिले ?
न्यूरोडको एकमात्र पार्क भूगोल पार्क निर्माणको संरक्षण गर्ने भन्दै स्थापना भएको भूगोलपार्क संरक्षण समितिका नेतृत्व पनि चिनीकाजीले नै गरेका छन् । सो पार्क पुर्ननिर्माणको बहानामा समितिले ठूलै रकम हिनामिना गरेको आरोप स्थानीय व्यक्तिहरुको छ ।

उक्त पार्क निर्माणका लागि भन्दै कामपा, गोरखापत्र संस्थान, नेपाल बैंक लिमिटेडदेखि विभिन्न व्यापारीहरु समेतबाट करोडौं रकम उठाएको भएतापनि अहिलेसम्म कति उठ्यो र खर्च कहाँ भो भन्ने विषयमा सो समितिले सार्वजनिक गरेको छैन । यसै विषयमा राखेको एक जिज्ञासामा प्रतिकृया दिँदै चिनीकाजीले भने यसको विषयमा फोनबाट होइन भेटेरै कुरा गरौला ।

न्यूरोडका सार्वजनिक र गुठीको जग्गामात्र होइन विभिन्न विवादमा रहेको जग्गाहरु समेत कब्जा गर्दै भाडामा लगाएर ठगी गर्ने गरेको आरोप स्थानीयहरुको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!