करेन्ट लागेर बालिकाको मृत्यु

- April 23, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

राजविराज । सप्तरीको शम्भुनाथ नगरपलिका–८ मा करेन्ट लागेर आज बिहान एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय सुनिलकुमार दासको नौ वर्षीया छोरी विभाहकुमारी दास रहेको इलाका प्रहरी कार्यालय, कल्याणपुरले जनाएको छ । नुहाउने क्रममा पानी तान्ने मोटरमा नाङ्गो तारमा अचानक छुँदा विभाहलाई करेन्ट लागेको थियो ।करेन्ट लागेर गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै सप्तरीमा दुई दिन अगाडि पनि करेन्ट लागेर दुईजनाको मृत्यु भएको थियो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!