निर्वाचनपछि विकास निर्माणले गति लिने : राज्यमन्त्री महतो

- March 23, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पाँचथर । भौतिक पूर्वाधार राज्यमन्त्री सीताराम महतोले स्थानीय तहको निर्वाचनले मात्रै विकास निर्माणले गति लिने बताउनुभएको छ ।पाँचथरको फिदिममा आज बिहान पार्टी भेटघाट कार्यक्रममा बोल्दै उहाँले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने र निर्वाचनपश्चात् जनताले चाहेअनुरुपको विकास हुने बताउनुभयो ।उहाँले मधेसवादी दललाई पनि सामेल गराएर स्थानीय तहको निर्वाचनमा सँगै लैजानुपर्ने पनि बताउनुभयो । अबको स्थानीय तहको निर्वाचनमा वडादेखि तहसम्मको चुनावमा नेपाली काँग्रेसले जित्नुपर्ने उहाँले बताउनुभयो ।त्यसका लागि पार्टीका आम नेता तथा कार्यकर्तालाई चुनावी अभियानमा लाग्न समेत उहाँले आग्रह गर्नुभयो । पार्टीले विकास निर्माणको निम्ति नीतिनिर्माण गरिसकेको हुँदा नेपाली काँग्रेसले नै स्थानीय तहमा जित्नुपर्ने उहाँको भनाइ थियो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!