सांसदमाथि गोली प्रहार

- March 4, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कान्दहर । अफगानिस्तानको तल्लो सदनका एक सदस्यमाथि दक्षिणी प्रान्त कान्दहरमा शनिबार गोली प्रहार भएको छ ।

हेल्मन्ड प्रान्तका सांसद मलिम मिर वालीमाथी शनिबार बिहान आक्रमण भएको सरकारी उच्चअधिकारीले जानकारी दिएका छन् ।

आक्रमणबाट उहाँ सिकिस्त घाइते हुनुभएको छ । उहाँको अघिल्लो भागमा गोली लागेको छ । कान्दहर क्षेत्रीय अस्पतालमा उहाँको उपचार गराइएको उनीहरुको भनाइ छ ।

घटनाका बारेमा अनुसन्धान गर्न प्रान्तीय प्रहरीले टोली खटाइसकेको जनाएको छ । चाँडै नै दोषीलाई पक्राउ गरी घटनाविवरण सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।

आक्रमणको अहिलेसम्म कुनैपनि समुहले जिम्मेबारी लिएको छैन । गत वर्ष मात्रै अफगानिस्तान भरी भएका यस्ता आक्रमणमा परी ६५० भन्दा बढीको मृत्यु भएको र अरु ५६० भन्दा बढी घाइते भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएका छन् । रासस÷सिन्ह्वा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!