बाह्र हप्तासम्मको निःशुल्क गर्भपतन सेवा सुरु

- February 27, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुली । सिन्धुली अस्पतालमा १२ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको छ ।जथाभावी गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै अस्पतालमा नै निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको हो ।पहिला रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन सेवा दिँदै आएको अस्पतालले फागुन १ बाट सिन्धुली अस्पतालमा निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरेको जनाएको छ ।गर्भको अवस्था पहिचान नगरी जथाभावी औषधि प्रयोग गर्ने तथा प्राइभेट क्लिनिकमा अदक्ष चिकित्सकबाट जथाभावी गर्भपतन गराएमा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले जानकारी दिनुभयो ।

सिन्धुली अस्पतालमा यसअघि रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन सेवा सञ्चालन गरे पनि दक्ष चिकित्सकको अभावमा प्रभाकारी रुपमा सञ्चालन हुन सकेको थिएन ।गत वर्षबाट शुल्कमा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएपश्चात् १४९ जनाले सो सेवा लिएका थिए । यस वर्षको माघ मसान्तसम्म करिब १५० जनाले सेवा लिएका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन गौतमले जानकारी दिनुभयो ।निःशुल्क सेवा सुरु भएपछि दैनिक दुईदेखि तीनजना सेवा लिन आउने गरेको गौतमले बताउनुभयोे । उहाँले निःशुल्क र दक्ष डाक्टरबाट सुरक्षित गर्भपतन सेवा सिन्धुली अस्पतालमा सुरु भएकाले सेवा लिन आउन १२ हप्तासम्मका गर्भ भएका तर सन्तानका चाहना नभएका दम्पतीलाई आग्रह गर्नुभयो ।सिन्धुली अस्पताल ५० श्ययाको भएपश्चात् आधुनिक ल्याब, एक्स–रे मेसिनद्वारा सेवा दिइरहेको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन गौतमले बताउनुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!