महिला शिक्षामा जोड दिनुपर्ने

- February 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी दिनमा सरकारले महिला शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभएको छ ।डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३७औँ वार्षिकोत्सवका अवसरमा उहाँले समान अवसरका लागि महिला शिक्षामा जोड दिनुपर्ने बताउनुभएको हो ।क्याम्पस प्रमुख अपराजित अर्यालले ३७ वर्षदेखि क्याम्पसको आफ्नो भवन नहँुदा आशानुरुप प्रगति गर्न नसकेकाले सम्बन्धित निकायलाई सहयोग गर्न आग्रह गर्नुभयो ।प्रा हरिहर घिमिरेले समान अवसरका लागि वा आफ्नो अधिकार सुनिश्चित गर्नका लागि महिला सशक्त रुपमा आफैँ लागिपर्नुपर्ने औँल्याउनुभयो । सो अवसरमा यसै वर्ष विद्यावारिधि गर्नुभएका सोही क्याम्पसका प्रा डा रशराज अधिकारी, प्रा डा इन्द्रबहादुर थापा, प्रा डा प्रदीप पराजुली र प्रा डा सुरेन्द्र मिश्रलाई सम्मानसमेत गरिएको थियो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!