भक्तपुर अस्पतालमा नाक, कान, घाँटी सेवा सुरु

- January 23, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भक्तपुर । भक्तपुर अस्पतालमा दैनिक रुपमा नाक, कान, घाँटी विशेषज्ञ सेवा सुरु भएको छ । यसको दरबन्दी रहे पनि डाक्टरको नआउँदा धेरै वर्षदेखि सुरु हुन नसकेको यो सेवामा डा रविभूषण सुवाल आएपछि यो सेवा सुरु भएको हो ।अस्पतालमा नाक, कान, घाँटीबाहेक अहिले हाडजोर्नी सेवा पनि दैनिक सुरु भएको छ । यसअघि प्राइभेट९इएचएस० रुपमा त्यहाँं हाडजोर्नीे सेवा सञ्चालनमा थियो ।अस्पतालमा सघन उपचार कक्ष ९आइसियु० सेवाका लागि सामान खरिद भइसकेको र निकट भविष्यमै सेवा सञ्चालनको तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार केसीले बताउनुभयो ।वीर अस्पतालपछि देशकै दोस्रो पुरानो अस्पतालका रुपमा रहेको यो अस्पतालले सेवाहरु विस्तार गर्दै लगेको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!