बाँया हात गुमाएका तुलबहादुरको उपचारका लागि सहयोगको अपिल

- December 5, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-गोपाल सिवा

कुबेत ( स्याङ्जा, पुतलीबजार १३, बगालथोकका घर भै हाल कुवेतमा ब्ऋक्ष्ऋइ कम्पनिमा कार्यरत ३९ बर्षिय तुलबहादुर बिश्वकर्माले आफ्नो उपचारका लागि सहयोग गर्दिन हार्दिक अपिल गरेका छन्।गत अक्टोबर १७ तारीख ट्रेलर गुडाइरहेका तुल बहादुरको ट्रेलरको टायर पड्किए पछी ट्रेलर पल्टिएर तुलबहादुरको बाँया हात पूर्ण रुपले टुक्रिएको थियो। सख्त घाइते भएका बिश्वकर्मालाइ उपचार गराउन कुबेत जाहारा स्थित जाहारा अस्पतालमा पुराइएको थियो .

एउटा हात गुमाउन बाध्य भएका बिश्वकर्मा १ महिना १६ दिन अस्पतालमा रही उपचार गरि अल सबा स्थित बब्तिन हस्पिटलमा छाला र कृतिम हात हाल्नको लागि पठाउदै आज जहारा हस्पिटलबाट डिस्चार्ज गरिएको छ ।केजिएल कम्पनीबाट रिलिजमा आउनु भए पनि केजिएल कम्पनीले रिलिज नदिएको कारणले अदालतमा केजिएल कम्पनी बिरुद्द मुद्दा हालेर एसि सम्बन्धि काम गर्ने कम्पनीमा आए पनि एसिको कम्पनीमा भिषा लागि नसकेकोले एन्सुरेन्स पाँउन पनि निकै समस्या भएको कारणले आर्थिक रुपमा पनि समस्या भएकोले अहिलेसम्म आफू सङ्ग भएको र साथीहरूले दिएको सहयोग उक्त उपचार खर्च गरेका थिए। तर, उनीसँग अब उपचारका लागि पैसा छैन्।

अहिले आएको कम्पनीमा पनि भिषा नलागेकोले तलब पाउने कुनै टुङ्गो नभएको एवं एन्सुरेन्स पाउनको लागि निकै महिना कुर्नु पर्ने भएकोले घरमा पनि बिहान बेलुकाको छाक टार्न समेत मुस्किल रहेको र बिकल्प पनि कुनै नरहेको बताउदै उनले उपचारका लागि कुवेतमा रहेका सम्पुर्ण संघ संस्था सहित सम्पूर्ण बिदेशमा रहनु हुने दाजुभाई , दिदीबहिनी एव संघसस्था सबैसँग हार्दिक अपिल गरेका छन्।

बिश्वकर्मा भन्छन्, ुम बाच्न चाहन्छु मलाई बचाउनुहोस्। परिवारको खुसी र समृद्धिको लागि भविष्य खोज्दै गर्दा म माथि बज्रपात परेको छ। मलाई भेटेर अथवा फोनमा कुरा गरेर सहयोग गर्न इच्छुकले मेरो फोन नम्बर ००९६५( ६९०५४४३७ ,भाईबर ईमो(००९६५ ५५७५१३९० मा सम्पर्क गर्न सक्नु हुने या कम्पनि मै कार्यरत आदरणीय मित्र केदार आले मगरको फोन नम्बर ००९६५ ६५१७८३६१ या भाईबर ईमो ००९६५ ६६१९७८८९ मा सम्पर्क गरि पनि मलाइ सहयोग गर्न सक्नु हुने बताएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!