मन्त्री लेखक र कर्मचारीका विरुद्ध सेवाग्राहीद्वारा नाराबाजी

- November 29, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । लामो समयपछि सवारी साधान चलाउने अनुमति पत्र (लाइसेन्स) दिने प्रकृया खुलाएको र भ्रष्ट कर्मचारीका कारण लामो समयसम्म लाईन बस्दा समेत लाईसेन्स नपाएको भन्दै सेवाग्राहीले मन्त्री र कर्मचारीका विरुद्धमा नाराबाजी गरेका छन् । लाइसेन्स प्रकृया खुलाएपछि कमिशनमा भित्रभित्र काम भएको तर नियमसंवत आउनेहरु लामो समयसम्म पनि लाईनमा बन्दा काम नभएको भन्दै यातायात मन्त्री रमेश लेखककै अगाडि नाराबाजि गरेका हुन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री लेखकले दश दिनभित्र यातायात व्यवस्था कार्यालयमा गएपछि आक्रोश भइ नाराबाजी गरेका थिए । मन्त्रीकै अगाडी नाराबाजी गरेपछि तत्काल थप कार्यालय खोलि सेवा प्रदान गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन । मन्त्री लेखक यातायात व्यवस्था विभागका प्रमुखलाई लिएर एकान्तकुनास्थित यातायात कार्यालय पुगेका छन् । मन्त्री पुग्दा लाइनमा बसेका सर्वसाधारणले ‘भ्रष्ट कर्मचारी चाहिँदैन’ भन्दै नाराबाजी गरेका थिए ।
मन्त्री लेखकले भने घन्टौ लाइनमा बसेकाले जनताले आक्रोस व्यक्त गरेको प्रतिक्रिया दिएका छन् । ‘अब म ११ औं दिन पुनः आउँछु, त्यतिखेर थप कार्यालय खोलिसकिएको हुनुपर्छ’ निर्देशन दिँदै यातायात मन्त्री लेखकले भने, ‘अनलाइनबाट फर्म भर्ने व्यवस्था मिलाउनुहोस् ।’
तर, महानिर्देशक चन्द्रमान श्रेष्ठले सर्वर कमजोर भएका कारण समस्या भएको बताए । मन्त्रीले कड्कदै भने ‘त्यो तपाईंको समस्या हो, जसरी भएपनि समाधान गर्नुहोस् ।’महानिर्देशक श्रेष्ठकै आदेशमा विभिन्न बहाना बनाई अबैधरुपमा रकम संकलन गरेको आरोप समेत लगाएका छन् ।
यातायात व्यवस्था विभागमा लाइसेन्सको फर्म भर्नेको संख्या दैनिक पाँच हजारको भीड लाग्ने गरेको छ । करिब दुई महिना बन्द रहेको लाइसेन्सको फर्म केही दिनअघिबाट मात्र पुन सुचारु गरिएको हो । लाइसेन्स विभाग प्रमुख तेज नारायण यादवले दैनिक पाँच हजार भन्दा धेरै सेवाग्रही आउने गरेपनि आठसय भन्दा धेरै फर्म बुझ्न नसकिने बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!