मेलाको नाममा राजस्व छली: हस्तकला, जुत्ता र पुस्तक मेलाबाट करोड कर छली

- November 25, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की………………, 

काठमाडौं । राजधानीमा हुने विभिन्न मेलाको नामबाट दैनिक कर छली हुदाँ समेत सम्बन्धित निकाय मौन बसेकोछ । सरकार आफैले तयार पारेको ऐन कानुनलाई समेत बेवास्ता गरि हुदै आएको भेलाबाट दैनिक करोडभन्दाबढी राजस्व छली हुदै आएको छ । राजस्व छलीमा राम्रो माध्यमको रुपमा लिएको सो मेलामहोत्वसमा हुने आम्दानीको कुनै कर सरकारलाई नबुझाई बैद्यानीक रुपमा कर छली गर्न सरकारी नियककै कर्मचारीहरुको सहयोग रहेको समेत खुलेको छ । यसैक्रममा, हाल राजधानीको प्रर्दशनीमार्ग अन्तरगतको भृकुटीमण्डपमा भई रहेको पुस्तक मेला, जुत्तामेला र शुक्रबारदेखि सुरु भएको नेपाल हस्तकला महासंघको आयोजनामा भएको हस्तकला मेलाबाट राजस्व छली हुदा समेत सरकार निरिह बनेको छ ।

कर छलीकै लागि व्यापारिले राष्ट्रपति,उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलाई प्रमुख अथिती बनाएर कार्यक्रम गरेसंगै मुल्य अभिबृद्धि कर (भ्याट) र कर छल्ने नयाँ योजना केही वर्षदेखि सफल भएको छ । देश भुकम्प र नाकाबन्दीबाट सरकारी ढुकुटीमा जम्मा हुने राजस्व गुमी रहेको अबस्थामा विना इजाजत हुने मेला महोत्सवबाट झन ठूलो मात्रामा कर छली हुदै आएपनि सम्बन्धित निकायका कर्मचारीकै कारण खुला रुपमा राजस्व लुट भई रहेको छ । पछिल्लो समयमा राजधानीको भृकुटीमण्डपमा जारी जुत्ता र पुस्तकमेलाबाट मात्र न्यूनतम ५ करोड रुपैयाँ कर छली भएको छ, भने आफु खुशी मुल्य राखी गुणस्तरहिन सामाग्री बिक्री समेत हुदै आएको छ ।

देशभर सञ्चालन हुने महोत्सव तथा मेलाबाट ठूलो मात्रामा कर छली गरेको खुलासा हुदै आएपनि सम्बन्धित निकायबाट कारवाही नगर्दा झन फैलिदै गएको छ । उपभोक्ता र सेवाग्राहीलाई प्रत्यक्ष सेवा दिनेभन्दै विभिन्न समूहबाट गरिने महोत्सव र मेलामा बिक्री गरिएका वस्तुको कर सरकारलाई नबुझाई छली गर्ने गरेको खुलासा भएका छन । यसरी गरिने मेला महोत्सवकै नाममा देशको कर संकलनमा प्रत्यक्ष असर पुगेको छ । मेलामा राखिएका वस्तुको मूल्य आफूखुसी तोकी बिक्री गरिए पनि सरकारको ध्यान त्यसतर्फ नपुगेका कारण महिनै, महिनामा हुने मेलाबाट न्यूनतम एक करोडभन्दा माथिको मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर समेत छली गरेका छन । जुत्ता मेलाको नाममा सरकारी कर छली हुदाँ समेत सम्बन्धित निकाय मौन रहेका छन । सो मेलाका सम्बन्धमा कुरा बुझ्न खोज्दा मेला आयोजकलाई खोज्दा समेत भेटिएनन् ।

22विभिन्न महोत्सव तथा प्रदर्शनीमा भ्याट छली भएका अवैध सामग्री बिक्री हुनेसमेत गरेको छ । राजधानी लगायत मुलुकका विभिन्न जिल्लामा आयोजना हुने मेला तथा महोत्सवमा राखिने वस्तुहरू अवैध नाकाबाट आउने गरेको र भ्याट छली भएका बस्तु राखिने गरेको खुलासा भएको हो । मेलामा राखिने अधिकांश बस्तु भ्याट छली भएर आउने गरेको तथ्य खुलेपछि आन्तरिक राजस्व विभागले मेला आयोजकलाई कुनै जानकारी समेत लिने प्रयास समेत गरेको छैन । प्रचलित कानुन अनुसार कुनै पनि संस्थाले मेला तथा महोत्सवको आयोजना गर्दा भ्याटको दफा १० को ‘क’ अनुसार योग्य बस्तुहरूको प्रदर्शनी गर्दा कर कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।

तर मेला आयोजकले त्यो स्वीकृति लिएको भने छैन । हालसम्म कुनै पनि मेला आयोजकले कर कार्यालयबाट स्वीकृति नलिई आयोजना गरिरहेका छन । मूल्य अभिवृद्धि करको व्यवस्थाअनुसार कुनै पनि मेला तथा प्रदर्शनी भएको सात दिनभित्रमा कारोबारको विवरण पेस गरी सम्पूर्ण कर दाखिला गरी अस्थायी दर्ता खारेज गर्नुपर्ने व्यवस्था रहेको छ । तर, कुनै पनि मेला आयोजक संस्थाले भ्याटको पालना नगरेको विभागको तथ्यांकमा उल्लेख छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!