‘यि समुहलाई कस्ले कारवाही गर्ने ?’ (लेख)

- November 16, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चौधरी, गोल्छा र खेतान समुहद्वारा कर छली गरेको प्रमाणित

                                     रोशन कार्की……….

……………………………………………………………………………………………………………………….

आफुलाई विश्वको धनीहरुको सूचीमा नाम राख्न सफल भएभन्दै पार्टी नै गर्ने र आर्थिक विकासमा ठुलो योगदान पु¥याएको भन्दै प्रचार प्रसार गर्नेहरुले सरकारी ढुकुटीमा कतिको योगदान पु¥याएका छन् भन्ने बारे सोच्नु पर्ने बेला आएको छ ।
सरकारले उद्योगपति, व्यवसायी र अन्य पेशा गरेर तोकिएको रकमभन्दा बढी आर्जन गरेमा र कम्पनीनै सञ्चालन गरेमा तोकिएको कर बुझाउन सरकारले पटक–पटक आह्वान गर्दा समेत कानमा तेल हाल्ने हाम्रा उद्योगपतिहरु कर बुझाउने भन्दा पनि झन् छली गर्नेमा प्रतिस्पर्धानै चलेको छ ।
सरकारले प्रत्येक वर्ष करदातालाई करको दायरामा आउन र बाँकी बक्यौता बुझाउन विभिन्न छुटको योजना ल्याएपनि अझै सम्म संकलन हुनु पर्ने कर बुझाउन ती उद्योगपतिहरु कर कार्यालयसम्म जाने गरेका छैनन् । कर कार्यालयसम्म आउन छोडेपछि आन्तरिक राजस्व विभागले कम्प्युटर सिस्टमबाट कर बुझाउने व्यवस्था मिलाएको भएपनि सो व्यवस्थालाई समेत कर तिर्नुपर्ने समुहले बेवास्ता गरेका छन् ।
बरु लेखापरिक्षक लगाएर कर छलीका उपायहरु तयार गर्ने गरेको पाइएको छ । यसैक्रममा पछिल्लो समयमा देशको ढुकुटीमा जम्मा गर्नुपर्ने रकम अनेत्र जम्मा गर्ने र सरकारी कर छली गर्नेमा ‘नेपाली माडवाडी’ समुह पहिलो नम्बरमा पर्दा समेत सरकारले सो समुहमाथी कारवाही गर्ने आँट गरेको छैन् । आफुलाई विश्वको धनी व्यक्तिहरुको सूचीमा नाम पर्दा दिपावाली नै गर्ने सो समुहले नेपालमा भने कर, नक्कली विलविजक र मुल्य अभिबृद्धि कर (भ्याट) छलीको सूचीमा परेपछि सरकारले सो समुह करछलीको ‘हिट लिस्ट’ मा परेको आन्तरिक राजस्व विभागको तथ्याङकमा उल्लेख छ ।
सरकारले लामो समयदेखि रोगकै रुपमा रहेको कर छली कार्यलाई नियन्त्रण गर्न जस्तो सुकै कार्याक्रम ल्याएपनि सरकार कर छली नियन्त्रण गर्नमा असफल हुदै आएको छ । अर्थमन्त्रालय अन्र्तरगतका निकायहरुलाई कर छली नियन्त्रण र करको दायरामा सवैलाई आउनका लागि प्रत्येक समय आह्वान गरेपनि आफुलाई ठूलो व्यवसायी र लगानीकर्ताको रुपमा परिचय बनाएको समुह चौधरी, गोल्छा, खेतान समुहनै कर बुझाउने तर्फभन्दा पनि छली गर्ने तर्फ लागेको प्रमाणहरु फेला परेको छ ।
सरकारको निर्देशनमा राजस्व विभागले प्रत्येक वर्ष ‘कर दिवस’ को रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सो समयमा सो विभागले सवैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गरे पनि हाल सम्म ती समुह सो सम्मानको लाईन आउन सकेको छैन । आफुलाई ठुलो व्यवसायी भन्दै विश्वमा परिचय बनाएको समुह ‘माडवाडी समुह’ भने अहिले सम्म कहि कतैबाट सम्मानित सूचीमा नपरे पछि सो समुह कर बुझाउने भन्दापनि छली गर्नेको सूचीमा परेको विभागको ठहर रहेको छ । आफुलाई विश्वको धनीहरुको सूचीमा पार्न सफल उद्योगी तथा चौधरी ग्रुप, नेपाल लगायत विश्व बजारमा आफ्नो पहुँच भएको भन्ने खेतान समुह, ठुलो लगानी गरेको भन्दै आएको गोल्छा समुह अहिले सम्म कर छलीकै सूचीमा परेका छ ।
सवै पेशा र व्यवसायीलाई करको दायरामा ल्याउने महत्वकाक्षि योजना सार्वजनिक गरेर आफ्नो कार्यक्रम अगाडि बढाइ रहेको विभागले माडवाडी समुहलाई समेत पुर्णरुपमा दायरामा ल्याउन नसकेको प्रष्ट भएको छ ।

सो समुहले आफ्नो कारोबारबाट हुने मुनाफाबाट लिइने आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), घर बहालकर, अन्तशुल्क लगायतका कर समयमा बुझाउनु पर्नेमा सम्बन्धित निकायबाट ठुला व्यवसायीलाई भन्दापनि साना व्यवसायीलाईमात्र कडाई गर्दै आएको छ । विभागले साताव्यापी कर दिवस मनाएपनि माडवाडी समुदायका व्यवसायीहरु सो कार्यक्रममा सहभागी हुने गरेका छैनन् । विभागले चालु आर्थिक वर्ष २०७३/०७४ मा पनि उच्च कर सहभागिता जनाउने देशभरका करदाताहरुलाई सम्मान गरेपनि सो समुह अझै सम्मानको सुचीमा पर्न सकेन् । कर लिन मात्र होइन कर तिर्ने र सम्मानित नागरिक बन्ने अवसर विभागले शुरु गरेको बताउदै करदातालाई उच्च व्यवसायिक नैतिक आचरण अपनाउन आग्रह गरेको थियो । तर सो आग्रहलाई उच्च घरानाका व्यवसायीहरुले अझै सम्म बेवास्था गर्दे आएका छन् । विभागले यसअधिनै धेरै धन कमाएर कर नतिर्नेहरु निगरानी रहेको जनाएपनि अझै सम्म सो निगरानी अनुसार काम भने सरकारले गर्न सकेको छैन ।
करोडौंको आम्दानी गर्ने ठूला व्यवसायीहरु कहिले कर छली, कहिले नक्कली भ्याट बिल प्रकरण त कहिले मिसम्याच प्रकरणमा राजस्वको अनुसन्धानमा परेका छन । त्यस प्रकरणमा सवैभन्दा बढी माडवाडी समुहकै लागानीमा रहेका कम्पनीहरु पहिलो पक्तिमा पर्ने गरेपनि अझै सम्म सरकारले कारवाही नगर्दा करोडौ कर चुहावट भएको विभागको ठप्याई रहेको छ ।
विभागले ठूलो आम्दानी गर्ने तर कर नतिर्ने पेशाकर्मीको फाईलमा उच्च आम्दानी गर्ने डाक्टर, इन्जिनियर, वकिल, एनजिओ, आइएनजिओमा काम गर्नेहरु र विदेशी कम्पनी तथा संस्थाहरुमा कन्सल्ट्यान्टको रुपमा काम गर्ने र व्यवसायीहरुहरुको नाम र विवरण धेरै अघिदेखि संकलन गरेपनि सो विवरणमा भएका नामावलीका कारण विभागले फाईल खोल्न समेत खुट्टा कमाएको छ ।
अमेरिकी म्यागेजिन फोब्र्सले एक अर्ब डलर सम्पति हुने विश्वका सबैभन्दा धनीहरुको सूचिमा नेपालका विनोद चौधरीको नाम पनि समेटेपछि उनको चर्चा परिचर्चा खुबै चलेपनि उनले आफ्नो देशमा भने कर छली गर्नेको सुचीमा परेका छन । यस्तै एकै पटकमा करोडो भन्दाबढी दान दिने उपेन्द्र महतो समेत आफ्नो सम्पत्तीको कर नबुझाउने सूचीमा रहेका छन ।

रुसमा मल्टिबिलिनियरका रुपमा आफ्नो परिचय बनाएका महतोले नेपालमा पनि विभिन्न व्यवसायमा आफ्नो लगानी गरेका छन्, तर उनी पनि सरकारले गर्ने कर बुझाउनेको सम्मानमा अझै सम्म पर्न सकेका छैनन् ।  रुस र बेलारुसलाई केन्द्र बनाएर महतोले युरोप, अफ्रिका, एसिया र नेपालसम्म लगानी गरेका छन । नेपालमा सबैभन्दा धेरै कर तिर्नेमा दोस्रो र सबैभन्दा बढी नाफा कमाउने कम्पनी एनसेलको २० प्रतिशतको साझेदार भएपनि उनले आफ्नो आम्दानीको करमा भने छली गरेको पाईएको छ ।

यसरी सरकारी नीति नियमलाई बेवास्था गर्दै आफ्नोमात्र व्यवसाय सञ्चालन गरेका कम्पनी, व्यक्ती र अन्य समुहलाई कारवाही गर्न सरकारले खुट्टा कमाउनु हुदैन । एकातर्फ व्यवसायीले कर नबुझाएको लेखी रहदाँ राजस्व विभागकै महानिर्देशक चुडामणी शर्मानै कर नबुझाउनेको पक्तिमा परेका छन् । विभिन्न व्यक्ती र कम्पनीलाई न्यून करको घोषणा गरेर सरकारी ढुकुटीमा आउनु पर्ने रकम आफै ढुकुटीमा जम्मा गर्ने गरेको पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानविनबाट पनि प्रष्ट भएको छ । कारवाही गर्नु पर्ने व्यक्तीले नै अकुत सम्पत्ती राख्नेले कर छली गर्नेमाथी कारवाही हुने भन्दा पनि जोगाउने रणनीतिमा रहेको आन्तरिक राजस्व विभागकै महानिर्देशक शर्माको गोप्य योजना रहेको देखिन आएको छ ।                                                                       [email protected]


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!