अमेरिकाको नयाँ राष्ट्रपति डोनाल्ट ट्रम्प

- November 9, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सीः रिपब्लिनक पार्टीका उम्मेद्वार डोनाल्ट ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपति भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी जनाए अनुसार ट्रम्पले दुई सय ७६ इलेक्टोरल मत प्राप्त गरी नयाँ राष्ट्रपति चयन भएका हुन् । अमेरिकामा राष्ट्रपति बन्न दुई सय ७० इलेक्टोरल मत आवश्यक हुन्छ ।

पछिल्लो मत परिणाम अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनले भने दुई सय १८ इलेक्टोरल मत पाएकी छन् ।

यसअघि अमेरिकामा गरिएका विभिन्न सर्वेक्षण अनुसार डेमोक्रेटिक उम्मेद्वार क्लिन्टन राष्ट्रपति बन्ने निष्कर्ष निकालिएको थियो ।

क्लिन्टन विदेशमन्त्री हुँदा आफ्नो निजी इमेल प्रयाग गरी संवेदनशिल सन्देश पठाएको आरोप लागेको थियो । यो इमेल काण्डमा अमेरिकी संघीय अनुसन्धान एजेन्सीले क्लिन्टन दोषी नरहेको निष्र्कका निकालेपछि उनका पक्षमा जनमत आउने आकलन गरिएको थियो ।

पहिलेको सर्वेक्षणभन्दा अहिले मत परिणाम भने फरक देखिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!