थामखर्क विमानस्थलमा उडान नभएपछि सेवाग्राही मारमा

- October 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-चिसाङ्ग शेर्पा
खोटाङ्ग । वर्षाका कारण अवरुद्ध भएको खोटाङको थामखर्क विमानस्थलमा उडान नभएपछि सेवाग्राही मारमा परेका छन् । गत असार पहिलो साताबाट नै स्थगित भएको विमानस्थलमा लामो समय बितिसक्दा पनि प्राधिकरणले उडान भर्न चासो नदिएपछि सेवाग्राही मारमा परेका हुन् ।

विगत वर्षहरुमा असोज १ गतेदेखिनै प्राधिरणले उडान भरेपनी यसवर्ष प्रधिकरणले कार्तिक पहिलो साता बितिसक्दा पनि उडान भर्ने तयारी गरेको छैन् । लगातारको वर्षाका कारण धावनमार्गमा समस्या देखाएर प्राधीकरणले उडान भर्न आनाकानी गरेको विमानस्थलका स्टेशन ईन्चार्ज नरेन्द्र उदासले जनकारी दिए ।  उनले भने, “हिँउद सुरु भएपनि बिमानस्थलमा उडान नभएका कारण दशैं तिहार जस्ता चार्डवार्ड मान्न जिल्ला आउने तथा जिल्ला बाहिर जाने मानिस र बिरामीलाई सवैभन्दा बढी समस्या भएको छ ।”

हप्ताको मंगलबार, सनिबार काठमाण्डौ ंथामखर्क र सनिबार थामखर्क बिराटनगरका लागि नेपाल एयरलायन्स प्राधिकणरले उडान भर्दै आएको विमानस्थलमा उडान सूचारु नभएपछि जिल्लाको दक्षिणी क्षेत्रका लाखौं सर्वसाधरणलाई समस्या भएको छ । यातायातको सुविधा नपुगेको त्यस क्षेत्रमा बिरामीलाई उपचारका लागि तत्काल बाहिर पठाउन नसक्दा बर्षेनि अकालमा धेरैले ज्यान गुमाउदै आएका छन् । नेपाल नागरिक उड्यान प्राधिकरणकोे ९ करोड २५ लाख २९ हजार सहयोगमा विमानस्थल कालोपत्रे हुने भनिएपनि हालसम्म कुनैपनि काम सुरु भएको छैन् ।

२०५६ सालबाट दक्षिणी क्षेत्रका सर्वसाधरणलाई लक्षीत गरेर उडान सुरु गरिएको विमानस्थल हालसम्म कालोपत्रे नहुँदा हिउँद महिनामा मात्र संचालन हुदै आएको छ । गत साल डिटेल सर्भे गरिएको विमानस्थलको कालोपत्रेका लागि यस वर्ष साँढे पाँच करोड रुपैयाँ बजेट छुट्टिएको थियो । कार्तिक पहिलो साता बितिसक्दा पनि उडान सूचारु नभएपछि दक्षिणी क्षेत्रका २० गाविस सहित छिमेकी जिल्ला भोजपूरका सर्वसाधरणसमेत मारमा परेका छन् । दुई निर्वाचन क्षेत्र रहेको खोटाङमा तिन वटा बिमानस्थल रहेका छन् । क्षेत्र नम्बर एकमा लामीडाँडा र क्षेत्र नम्बर दुईमा खानीडाँडा र थामखर्क बिमानस्थल रहेका छन् ।

सदरमुकाम दिक्तेलबाट सवैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थल भने कालोपत्रे भएको छ । लामीडाँडा विमानस्थलमा कालोपत्रे नभएपनि बाह्रै महिना उडान हुने गरेको छ । थामखर्क विमानस्थल हिउँद महिनामा मात्र सञ्चालन हुँदै आएको छ । वर्षायाममा खोटाङ जोड्ने मुख्य द्धारको रुपमा रहेको जयरामघाट र उदयपुरको गाईघाट जोडने फोक्सीङटारको अस्थाई बेलीब्रज हटाईएसंगै  जिल्लाको तराईलगायत काठमाडौंसंगको सम्बन्ध बिच्छेद रहने गरेको छ ।

विमानस्थलमा नियमित उडान नहुँदा र सवारीसाधन नचल्दा हैरानी खेप्नुपरेका जिल्लाबासी बिरामी हुँदा लाखौं खर्च गरेर हेलीकोप्टर चार्टर गर्न बाध्य छन् । थामखर्क विमानस्थल सदरमुमाम दिक्तेलबाट २२ कोष टाढा रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!