बम काण्डमा निर्दोषलाई फसाईएको भन्दै दाहाल र थापाका परिवारले दिए मानव अधिकारमा उजुरी

- October 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौं । असोज ५ गते काठमाण्डौं जोरपार्टी स्थित आकाश दिप स्कुल र मनकामना स्कुलमा बम विष्फोट भएको घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका प्रकाश भनिने केशब दाहाल र मिन देवकोटा भनिने विनोद थापालाई पारीवारीक भेटघाट गर्न नदिईएको , यातना दिईएको र फसाईएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उनीहरुका परिवारले उजुरी दिएका छन् ।

आज आयोगको कार्यलयमा पुगेर दाहालकी श्रीमति नैना प्रधान ( दाहाल ) र थापाकी श्रीमति अजिता थापाले उजुरी दिएका हुन् ।

आयोगका कर्मचारीले यातना दिएको र वेपत्ता पारेको भन्ने विषयमा प्रहरीलाई जानकारी लिने आस्वासन दिएका थिए ।

त्यसै गरी उनीहरुले अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकलाई समेत निवेदन दिएको बताएका छन् ।

सो बम काण्डमा संलग्न भएका विष्णु पौडेल , मुस्तफी अन्सारी , चन्द्र बहादुर तामाङ, शंकर लाखे लाई पक्राउ गरेर प्रहरीले थुनामा राखेको छ ।

त्यस पछि माओवादी कम्युनिष्ट केन्द्रका महासचिव दोलखा खोपाचांगु ९ का दाहाल र काभ्रे देउपुर गाविस वडा नं ९ घर भएका विद्यार्थी अध्यक्ष थापालाई काभ्रेबाट बम काण्डका मुख्य योजनाकार भन्दै प्रहरीले कार्तिक २ गते काभ्रेको सिम्थलीबाट पक्राउ गरेको थियो ।

दाहालकी श्रीमति नैनाले बल्ल बल्ल आफूलाई श्रीमान् भेट्न दिएको र त्यो बेला हेर्दा अनुहारै भरी प्रहरीले कुटेर नीलडाम बनाएको देखिएको भन्दै अदालतमा मुद्धा प्रवेश भएको अवस्थामा किन यातना दिईएको हो आफूले बुझ्न नसकेको बताएकी छन् ।

उनले आफ्ना श्रीमान् दाहालले बुधबार कार्तिक १० गते बाट सिंहदरबार प्रहरी हिरासतबाटै आमरण अनसन बस्ने बताएको पनि जानकारी दिएकी छन् ।

साथै काठमाण्डौमै नपाईने ग्यासको सिलिण्डर र कुकर भिराएर हतियार बनाउने सामाग्री भएको देखाएर प्रहरीले झुट्टो विवरण दिएको नैनाले दावी गरेकी छन् । यसै गरी थापालाई भने कमलपोखरी प्रहरी प्रभागमा राखिएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाण्डौले पुर्पक्षका लागि थुनामा राख्न म्याद थप गरीसकेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!