रक्सीले मातेका पत्रकारले श्रेष्ठमाथी बाईक कुदाएपछि…./ गृहमन्त्रीको नाममा तारानाथले दिए प्रहरीलाई धम्की

- October 15, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । समाचारको खोजी गर्दै दिनरात विताउने पत्रकार आफ्नो पदको समेत ख्याल नराखी सित्तैमा पाएको रक्सीको मातमा एक महिलामाथी मोटरसाईकल कुदाएर सख्त घाईते बनाएको छ । आफुलाई रासस उपत्यकाको प्रतिनिधि  हुँ भन्दै विभिन्न व्यक्तीलाई रक्सी खुवाउन लगाएको र पछि इलाका प्रहरी कार्यालय मेलम्चीकै कार्याकक्षमा बसी अध्याधिकमात्रामा रक्सी सेवन गरेका आदित्य दाहाल नाममा पत्रकार चलाएको मोटरसाईकलको ठक्करबाट मेलम्ची नगरपालिका पुरानो बसपार्कको सडकपेटीमा बसीरहेकी सजना श्रेष्ठ सख्त घाईत भई अहिले काठमाडौंको विएण्डबी अस्पतालमा उपचार भई रहेको छ ।

विना लाईसन पार्किग गरेको स्थानबाट जबरजस्ती ग १० प २३८९ नम्बरको अपाची बाईकले पेटीमा बसेकी श्रेष्ठलाई ठक्कर दिई अहिले फरार भएको स्थानीय बासिन्दाले बताएका छन्  । फरार दाहाल इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक नीरज डाँगीसंग बसेर रक्सी खाई निष्किएको एक प्रत्यक्षदर्शीले नाम नलेख्ने सर्तमा बताएका छन् । घटनाभए लगत्तै किटानी जाहेरी लिएर पडित पक्ष प्रहरी समक्ष पुगेको भएपनि प्रहरी निरिक्षक डाँगीले सो उजुरी दर्ता समेत नगरि फर्काएको आरोप पिडित पक्षको रहेको छ । दशैं मनाउन भन्दै घर गएका दाहालले गत २२ गते फुलपातीका दिन सो ठक्कर दिएपछि उनका आफन्तले भगाएको आरोप समेत लगाईएको छ ।

इलाका प्रहरी कार्यालयका एक प्रहरीले नाम नलेख्ने सर्तमा दिएको जानकारी अनुसार तारानाथ दाहाल नाम गरेका व्यक्तीले आफुलाई काँग्रेसको महाधिबेशन प्रतिनिधि र गृहमन्त्रीको नजिकको मान्छे हुँभन्दै सो घटनाको कुनै पनि उजुरी दर्ता नगराउन प्रहरीलाई दबाब दिएपछि प्रनि डाँगी पछि हटेको बताईएको छ । तारानाथ भन्ने व्यक्तीले गृहमन्त्री विमलेन्द्र निधि आफ्नो खल्तीको मान्छे भएकाले  र सो ठक्कर दिने व्यक्ती आफ्नो भतिज भएकाले कुनै कारबाही अगाडि नबढाउन दबाब दिएको प्रहरीको दाबी रहेको छ । स्रोतले भन्यो, …कारवाही अगाडि बढाएको खण्डमा अति दुर्गम क्षेत्रमा सरुवा गरिने धक्की दिएको छ ।,Ú अरुकै मोटरसाइकल चलाएका दाहालसंग लाईसन्स समेत नभएको बुझिएको छ । श्रेष्ठको टाउको खुट्टामा गहिरो चोट लागेको छ ।

आफुलाई बरिष्ठ पत्रकार समेत भएको र गृहमन्त्रीको खास मान्छे समेत भएकाभन्दै गल्ती गर्नेलाई कारबाही गरेमा उल्टो प्रहरीलाई नै कारवाही गर्ने धम्की तारानाथ दाहालले दिएको प्रहरीको भनाई रहेको छ । सो बारे पटक÷पटक इप्रका मेलम्चीका आरोपीत प्रहरी निरिक्षक डांगीसंग फोन सम्र्पक गर्दा उनको फोन सम्र्पक भएन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!