नक्कली बौद्ध स्तुपा चीनमा बनाउने ‘ग्राण्ड डिजाइन’, भारतपछि बौद्ध धर्मालम्बीहरुमाथि चीनको गम्भिर षड्यन्त्र

- September 25, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । विश्व सम्पदा सूचिमा सूचिकृत कामनपा वडानं. ६ मा रहेको ऐतिहासिक बौद्ध स्तुपाबाट रातारात पुरातात्विक महत्वका वस्तुहरु चीन लगिएको बताइएको छ ।

प्राप्त समाचार अनुसार बौद्ध स्तुपा गत वर्षको भूकम्पले चर्काएपछि पुर्ननिर्माणको नाममा केही भाग भत्काएइसंगै सोभत्काइएको भागबाट निस्किएका पुरातात्विक महत्वका पूराना एवं बहुमुल्य वस्तुहरु रातारात गायब बनाइनुका साथै सकुसल दुई टिप इँटा चीन निकासा गरिएको बताइन्छ ।

लुम्बिनी क्षेत्र विकास कोषमा दाताको रुपमा रहेका एक चिनियाँ नागरिकले लुम्विनी क्षेत्रमा लैजाने भन्दै लिएर गएका उक्त दुई टिप इँटा रातारात चीन निकासा गरिएको बौद्ध क्षेत्र विकास समितिका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा तीव्रखबरलाई बताएका छन् । उनी भन्छन् -पुरातत्व विभागको स्वीकृत बेगर नै रातारात बौद्ध स्तुपाको बहुमुल्य पुरातात्विक महत्वका वस्तुमात्र गाएव भएको छैन्, खुलेआम दुई टिप इँटा मनखुसी ढंगले समितिले चीनियाँ दातालाई दिएर पदाधिकारीहरुले करोडौं रुपैयाँ व्यक्तिगत लाभ लिएका छन् ।

बौद्ध स्तुपाको पुरातात्विक महत्वको इँटा दिएर बौद्ध क्षेत्र विकास समितिले इँटाको सट्टा सुन साट्ने काम गरेको स्रोतले बतायो । स्रोत भन्छ -चिनियाँ दाता ताई सिनुपा रिम्पोचेले २९ किलो सुन र करोडौं रकम दिएर इँटा र पुरातात्विक महत्वको बस्तु ‘ग्राण्ड डिजाइन’ गरी चीन निकासा गर्न सफल भएका हुन् ।

कुनैपनि विश्व सम्पदा सूचिमा सुचिकृत पुरातात्विक महत्वका धरोहरका सामाग्रीहरु मास्न, बेच्न, लुकाउन वा एक ठाउँदेखि अर्काै ठाउँमा लगेर स्थापित गर्न नमिल्ने प्रावधान रहेको छ । यस्तो अवस्थामा पनि रातारात नेपालबाट बौद्ध स्तुपाको इँटा एवं वहुमुल्य सामाग्रीहरु चीन तस्करी हुनुसंगै बौद्ध स्तुपा विश्व सम्पदा स्रूचिबाट हट्ने खतरा बढ्दै गएको छ । साथै बोद्ध स्तुपाको परिसरको विभिन्न भाग पछिल्लो समयमा पुर्ननिर्माणका नाममा प्राचिन कलावस्तु मास्ने काम समेत भएको बताइएको छ  । यो संगै बौद्ध स्तुपाको ऐतिहासिक दस्तावेज खतरामा परेको हो ।

बौद्ध स्तुपाको संरक्षणको जिम्मा पाएको बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारीहरुले व्यक्तिगत आम्दानीको खेलमैदानको रुपमा बौद्ध स्तुपालाई प्रयोग गरेसंगै स्तुपाका बहुमुल्य बस्तुहरु हराउने काम मात्र भएको छैन् दाताहरुबाट प्राप्त दानमा समेत अनियमितता भएको बताइएको छ । समितिका अध्यक्ष सम्पूर्णकुमार लामा, कार्यकारी निर्देशक फुर्पु याङ्गी लामा तथा अन्य पदाधिकारीहरुको मिलेमतोमा बौद्ध स्तुपाको ऐतिहासिक वस्तुहरु रातारात गायब पार्ने काम भएको समितिका एक कर्मचारीले जनाए । उनी भन्छन् – बौद्ध स्तुपाको इँटा लगेर चीनमा नयाँ स्तुपा बनाउने र बौद्धसम्म बौद्ध धर्मालम्बीहरुलाई आउन नपर्ने अवस्था ल्याउने काम ‘ग्राण्ड डिजाइन’मा भएको हो । यसको लागि चिनियाँ दुतावासले समितिलाई पुर्ननिर्माणको नाममा पाँच करोड समेत दिएको छ ।

नेपालका पुरातात्विक महत्वका धरोहरलाई नेपालबाट विस्तापित गराउने खेल भारतले यसअघि नै खेल्दै आएको भएतापनि पछिल्लो समयमा चीनले समेत शुरु गरेसंगै बौद्ध धर्मालम्बीहरुको आस्थामाथि गम्भिर खेलवाड भएको छ । यसअघि भारतले नक्कली लुम्बिनी भारतको भूमिमा निर्माण गरिसकेको छ, भने अब चीनले बौद्ध स्तुपाको इँटा प्रयोग गरी चीनमा नक्कली बौद्ध स्तुपा निर्माणको तयारीमा रहेको बताइन्छ ।

लुम्बिनीको नाममा बौद्ध स्तुपाको दुई टिप इँटा चीनले रातारात लगेर बौद्ध स्तुपाको अस्तुबाट निर्मित भन्दै नक्कली स्तुपा निर्माणको तयारीमा चीनियाँका केही गिरोहहरु सक्रिय रहेसंगै नेपालको बौद्ध स्तुपाको अस्तित्व धरासायी बन्दै गएको बताइएको हो । यसै विषयमा प्रतिकृयाका लागि समितिका अध्यक्ष सम्पूर्णकुमार लामालाई प्रतिकृया लिन सम्पर्क गर्दा उनी हाल चीनमा रहेको जानकारी पाइयो ।

यो पनि पढ्नुहोस्

फलोअप : बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहरमा यस्तो खेल, बौद्ध स्तुपा बन्यो मानव चिहान

बौद्धनाथको नाममा लामाको यस्तो धन्दा, किलोका किलो सुनदेखि करोडौं रकम झ्वाम


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!