संबिधान उल्लंघन गर्दै सरकार, मन्त्रीपरिषद ६१ सदस्यीय हुँदै

- August 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सातामै मन्त्रिपरिषद तेस्रोपटक विस्तार गरी ‘जम्बो’ बनाउने क्रम सुरु गरेका छन् । दाहालले शुक्रबार प्रमुख सत्ता साझेदार कांग्रेसका १३ जनालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसका मन्त्री थपिएपछि मन्त्रिपरिषद ३१ सदस्यीय भएको छ ।

दाहालले चार मन्त्रालय पशुपक्षी विकास, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका तथा समाज कल्याण र विज्ञान तथा प्रविधिमा मन्त्री नियुक्त गर्न बाँकी छ ।

दाहालले आफ्नो पार्टीको भागमा परेका ८ मध्ये चार मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरिसकेका छन् । बाँकी ४ मन्त्रालयमा मन्त्री नियुक्त गर्दा मन्त्रिपरिषद ३५ सदस्यीय पुग्नेछ । ३० मन्त्रालयमध्ये बाँकी २६ मा समेत राज्यमन्त्री नियुक्त गरिएमा मन्त्रिपरिषद ६१ सदस्यीय पुग्नेछ ।

संविधानमा संघीय (केन्द्रीय)सरकारमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने व्यवस्था छ । यो मुलुकमा संघीयता कार्यान्वयन भएपछिमात्र लागू हुने संवैधानिक व्यवस्था हो । यो प्रावधान अहिल्यै लागू गर्नु प्रधानमन्त्रीका लागि संवैधानिक बाध्यता नभए पनि त्यसलाई पालना गर्नु उनको नैतिक कर्तव्य हो ।

दाहाल मन्त्रिपरिषदमा कांग्रेसका १५, माओवादी केन्द्रका ४ राज्यमन्त्रीसहित १२, राप्रपाका २, नेकपा संयुक्तका १ गरी ३० मन्त्री छन् । कांग्रेस–माओवादी केन्द्र गठबन्धनले दाहाललाई प्रधानमन्त्री निर्वाचित हुँदा मत दिएर सहयोग गरेका थप दलहरूलाई समेत मन्त्रिपरिषदमा सामेल गर्दैछन् । सिमांकनलगायतका मुद्दामा मधेसी मोर्चासित सहमति भएमा ती दललाई समेत सरकारमा ल्याउने तयारी कांग्रेस–माओवादी केन्द्र गठबन्धनको छ । आजको कान्तिपुरमा समाचार छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट